Nic

विश्वकप छनोट : नेपाल ८ विकेटले विजयी

काठमाडौं । नेपाल अन्डर १९ विश्वकप छनोट अन्तरगतको खेलमा कुवेतसँग ८ विकेटले विजयी भएको छ । मलेसियामा बिहीबार जारी २०२० को छनोट प्रतियोगितामा नेपाल कुवेतसँग विजयी भएको हो ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य सहजै पार गरेको थियो । अर्को खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ ।

यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भइसकेको छ । नेपालको भने विश्वकप खेल्ने चाहना अधुरो बन्यो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।