Nic

राष्ट्रिय वाणिज्य बैंकको बृद्ध खाता कार्यक्रम सञ्चालन

काठमाडौं । ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता, खोलौ बैंक खाता अभियान–२०७६’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि समृद्धि बचत खाता खोल्ने कार्यक्रम बिहिबार सञ्चालन गरिएको छ ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धवबहादुर थापालाई चेक हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । रावा बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट १०० रुपैयाँ खातामै जम्मा गरिने छ । कार्यक्रममा अग्रज समाज नेपालका केन्द्रीय अध्यक्ष महाप्रसाद पराजुली, बैंकका ब्रान्च अपरेशन विभागका निमित्त विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, शाखा कार्यालय नयां बानेश्वरका प्रबन्धक राजेन्द्र आचार्य, उप प्रबन्धक जितेन्द्रसिंह थापा समेतको उपस्थिति रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा…

सरकारले हिमतालबाट विद्युत् उत्पादन तथा हिमालयन ‘ग्लासियर मिनरल वाटर’ को प्रत्यक्ष सम्भावना देखेको विषय उजागर गरेको छ ।