नेपाल टेलिकमको सस्तो फोर जी सातै प्रदेशमा बिस्तार हुँदै

काठमाडौं । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिनु भएको हो । बिहीबार काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको पनि बताउनु भयो । नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा संचालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो । सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता बैद्यले बताउनु भयो । उहाँले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्रयाउने काम सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने पनि बताउनु भयो ।

नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो । प्रवक्ता बैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताउनु भयो । नेपाल टेलिकमले सो आयोजना अन्तरगत मोवाईल टावर थप गर्ने काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको पनि जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।