Nic

सगरमाथाको आधार क्षेत्रका जनतालाई हेरियोस् सरकार

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नु भएको छ ।

सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी काठमाडौं आई पुग्नुभएकी उहाँले बिहीबार काठकाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा र स्वास्थ्य सेवाको अभावमा रहेका त्यस क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नु भएको हो । अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको टे«किङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको पनि स्मरण गर्नुभयो । तर सगरमाथा जानेहरुलाई जति सहयोग गरेपनि उनीहरुले भने स्वास्थ्य सेवा पाउने अवस्था समेत नभएकोमा आफूलाई दुःख लागेको अभिनेत्री कोइरालाको भनाइ छ ।

अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरुका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा जानु भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।