Nic

‘हस्तक्षेप भए प्रतिकार गर्छौं’


काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागप्रति सरकार गम्भिर नभएको आरोप लगाउनु भएको छ ।

‘हामीले उठाएका मागप्रति सरकार गम्भिर भएन’ बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं । तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ । हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका साथ सम्पन्न गर्यौं ।’

राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाउने योजना बनाएको छ । ‘हाम्रा संघर्ष र आन्दोलनका कार्यक्रम संविधान र कानूनकै परिधिभित्र छन्’ उहाँले भन्नुभयो, ‘कार्यक्रममा हस्तक्षेप, लाठी चार्ज र अश्रुग्याँस प्रहार गरे प्रतिकार गछौं । विरोध गर्न पनि वैचारिक स्वतन्त्रता छ, तर हामीले संविधानलाई नै अस्वीकार गरेको वा विरोध गरेका छैनौं ।’ मुलुकमा धर्मनिरपेक्षता बाह्य शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको थापाको आरोप छ ।

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन’ उहाँले भन्नुभयो, ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै विवादस्पद रुपमा ल्याइयो ।’

थापाले संविधानमा धर्मनिरपेक्षताको सवालमा स्पष्टीकरणमा नै विरोधाभाष रहेको बताउनुभयो । ‘त्यसमा भएको विरोधाभाषलाई सच्याएर पूर्ण धार्मिक स्वतन्त्रता र सनातन हिन्दूराष्ट्र लेख्नुपर्छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय धर्मनिरपेक्षताको नाममा सनातन धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सरकारले हिमतालबाट विद्युत् उत्पादन तथा हिमालयन ‘ग्लासियर मिनरल वाटर’ को प्रत्यक्ष सम्भावना देखेको विषय उजागर गरेको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।