शैलुङ्ग महोत्सव हुँदै

ताराबहादुर महत
दोलखा र
रामेछापको सिमानामा रहेको पर्यटकीय स्थल शैलुङ्गको प्रर्बद्धन गर्ने उद्देश्यका साथ शैलुङ्ग साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव हुने भएको छ । बैशाख १३ देखि १५ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मुख्य आयोजक दोरम्बा गाउँपालिका रामेछापका अध्यक्ष कमानसिंह लामाले चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

दोलखाको शैलुङ्ग र मेलुङ्ग तथा रामेछापको दोरम्बा गाउँपालिकाको संगमस्थलको रुपमा रहेको शैलुङ्ग क्षेत्रको प्रर्बद्धनका लागि तीन वटै गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव दोरम्बा गाउँपालिकाको खोलाखर्कमा गर्ने तयारी छ । महोत्सवको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ । शैलुङ्गको प्रबद्र्धनका लागि आयोजना गरिने महोत्सव यस वर्ष दोरम्बाको खोलाखर्क तथा आगामी वर्षहरुमा शैलुङ्ग गाउँपालिकाको कालापानी र मेलुङ्ग गाउँपालिकाको फुर्के सल्लामा गर्ने सहमति भइसकेको मेलुुङ्ग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

शैलुङ्ग क्षेत्र दोलखा र रामेछापको सिमानामा भएकोले सीमा विवाद सम्बन्धि केहि अभिव्यक्ति आएको भएपनि महोत्सवपछि वैज्ञानिक विधिबाट सीमा एकिन गरिने भएकोले विवादमा नअल्झि शैलुङ्गको प्रबद्र्धनमा सबै पक्ष मिलेर लाग्नुपर्नेमा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलालले जोड दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।