केपीएलको तयारी अन्तिम चरणमा, पुरस्कार ५ लाख

सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा हुन लागेको कर्णाली प्रिमियर लिग–२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आफ्नै खेलमैदान नभएकाले निर्माण गर्न समय लागेको कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवनबहादुर शाहीले बताउनुभयो । कर्णाली प्रिमियर लिग–२ को प्रथम पुरस्कार राशी ५ लाख घोषणा गरिएको छ ।

वैशाख १२ गतेदेखि २१ गतेसम्म हुन लागेको प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख, द्वितीय पुरस्कार २ लाख रुपैयाँ रहेको (केपीएल–२) का संयोजक रेशम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । प्रतियोगिताका बेष्ट बलरलाई २० हजार, व्याट्स म्यानलाई २० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच बन्ने एक जनालाई ३ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त खेलाडीहरु समावेश ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिम क्याप्टेन वसन्त रेग्मी रहेको एपीएफ क्लव, विनोद भण्डारीको नेतृत्वमा त्रिभुवन आर्मी क्लब, मञ्जित श्रेष्ठको नेतृत्वमा नेपाल पुलिस क्लब, मेहबु आलमको नेतृत्वमा झापाको लालीगुराँस क्रिकेट क्लव, शुशिल खड्काको नेतृत्वमा महेन्द्रनगरको क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यस्तै, अजय साहनीको नेतृत्वमा बाँकेको मध्यपश्चिम क्रिकेट क्लब, सुरेन्द्र चन्दको नेतृत्वमा काठमाडौंबाट हिमालयन क्रिकेट एकेडेमी र रविन्द्रजंग शाहीको नेतृत्वमा कर्णाली–११ ले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । लिग–कम नकआउट फम्र्याटमा सञ्चालन हुने प्रतियोगिता अन्र्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियम अनुसार खेलाइने संयोजक शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकले नै गर्नेछ । दश दिनसम्म सञ्चालन हुने प्रतियोगिताको खर्च झण्डै ६० लाख लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी हुने क्लबहरुले प्रत्येक टिमले २ जनासम्म विदेशी खेलाडी सहभागी गराउन सक्ने छन् । प्रतियोगितामा सहभागी ८ टिमलाई २ वटा समूहमा विभाजन गरिने छ । प्रत्येकले एक–अर्कासँग १–१ खेल खेलेपछि समूहको उत्कृष्ट दुई टिमले सेमी फाइनलमा खेल्न पाउने छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।