काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहिबार राति भएको खेलमा मुम्बई इंडियन्स विजयी भएको छ । मुम्बईले दिल्ली क्यापिटल्समाथि ४० रनको फराकिलो जित दर्ता गराएको हो ।
मुम्बईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा रहेको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रनमा समेटियो । दिल्लीका लागि शिखर धवन ३५, पृथ्वी शा २०, अक्षर पटेल २६ र क्रिस मोरिसले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ मुम्बईका राहुल चहर एक्लैले तीन, जसप्रित बुम्राहले दुई तथा लासित मालिङ्गा र हार्दिक पाण्डेले एक–एक विकेट लिए ।
त्यसअघि दिल्लीको फिरोज शाह कोटलमा मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । उसका लागि रोहित शर्मा ३०, क्विन्टन डिकक ३५, सुर्यकुमार यादव २६, हार्दिक पाण्ड्या ३२, बेन कटिङ २ रना बनाएर आउट हुँदा क्रुणाल पाण्ड्या ३७ रन बनाउँदै नटआउट रहे । बलिङतर्फ दिल्लीका कासिगो रबाडाले दुई तथा अमित मिश्रा र अक्षर पटेलले समान एक–एक विकेट लिए ।
२६ बलमा ३७ रन बनाउनुका साथै १ विकेट लिएको हार्दिक पाण्ड्या प्लेयर अफ द म्याच घोषित भए । जितसँगै मुम्बई इंडियन्स अंकतालिकको दोश्रो स्थानमा पुगेको छ भने यसअघि दोश्रो स्थानमा रहेको दिल्ली तेश्रो स्थानमा झरेको छ ।
आजको खेल
प्रतियोगिता अन्तर्गत आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे कोलकत्ताको इडेन गार्डेन स्टेडियममा हुनेछ । यसअघि भएको यसै संस्करणको खेलमा कोलकत्ताले बैंग्लोरलाई ५ विकेटको.जित निकालेको थियो । यस्तै यसअघि भएका पाँच खेललाई नियाल्दा पाँचै खेलमा कोलकत्ताको जित भएको छ । कोलकत्ता ८ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहँदा बैंग्लोर भने २ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा छ ।