वासिङटन । सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप थिएन भन्ने निष्कर्षसहित मुलर छानविन आयोगले प्रतिवेदन दिएको छ । छानविन आयोग बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो कार्यकाल समाप्त हुने गरी प्रतिवेदन आउन सक्ने आशंका थियो । ट्रम्पले छानविन आयोगबाट मुलरलाई हटाउने प्रयाश पनि गरेका थिए –मुलर प्रतिवेदनमा सो कुरा पनि उल्लेख छ ।
ट्रम्पको चुनावी अभियान र रुसबीच तालमेल मिलेको भन्नेबारे कुनै प्रमाण नभेटिएको मुलर प्रतिवेदनको सार हो । तर छानविन प्रकृयामा व्यावधान उत्पन्न गराउने कोशिस भयो की भएन भन्ने पक्षलाई प्रतिवेदनमा छुटाइएको छ । म्युलर प्रतिवेदनले राष्ट्रपति ट्रम्पले अपराध नगरेकोले उनलाई सफाई पनि दिनु नपर्ने भनेको छ ।
अमेरिकी महान्यायधिवक्ताले म्युलर प्रतिवेदनलाई उद्धृत गर्दै सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुससँग साँठगाँठ गरिएको बारे विशेष अनुसन्धानकर्ता म्युलरले दिएको प्रतिवेदनमा कुनै पनि अमेरिकी वा ट्रम्पका प्रचार अभियानका कसैको पनि रुससँग मिलिभगत भएको वा षडयन्त्र गरेको प्रमाण फेला नपरेको बताएका छन् ।
म्युलर प्रतिवेदन सार्वजनिक गर्न महान्याधिवक्ता विलियम बारले पत्रकार सम्मेलन गरेका थिए । बारले भने,‘ ट्रम्पको चुनावी अभियानमा कसैले पनि रुसीहरुसँग मिलेर अमेरिकी कानुन उलंघन गर्ने षडयन्त्र गरेको प्रमाण भेट्टिएन’ । राष्ट्रपतीय निर्वाचनमा पराजित डेमोक्र्याटिक पार्टीका उम्मेद्वार हिलरी क्लिन्टनका ईमेल विकिलिक्स वेबसाइटमा प्रकाशन हुनुमा ट्रम्प अभियानका कुनै व्यक्तिको गैर कानुनी भूमिका रहेको भेट्टिएन, मइुलर प्रतिवेदन सार्वजनिक गर्दै बारले उल्लेख गरे ।
राष्ट्रपति पदमा मेरो जितलाई अवमूल्यन गर्न विपक्षीले षडयन्त्र गर्दै छानविन आयोग बनाइएको ट्रम्पको कथनलाई अस्वीकार गर्दै बारले मामिला न्याय निरुपणको भएको दावी गरे । पत्रकार सम्मेलनमा अमेरिकी महान्यायधिवक्ता बारले ट्रम्पको चुनावी अभियानमा रुससँगको साँठगाँठको शंका निराधार सावित भएको उल्लेख गरे ।
न्यायको पक्षमा काम नगरी ट्रम्पलाई बचाउने कार्य गरेको भन्दै विपक्षी डेमोक्र्याटहरुले अमेरिकी महान्यायधिवक्ता विलियम बारको आलोचना गरेका छन् ।