ट्याक्टरको ठक्करबाट घाइते सशस्त्र हवल्दारको मृत्यु

सुखिलाल चौधरी
उदयपुर । जिल्लामा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो ।
गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए ।
ट्याक्टर चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ८ अडेसका वर्ष २२ को धनबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिलेसम्म उदयपुर ट्याक्टर दुर्घटनामा परी ११ जना र मोटरसाइकल दुर्घटनामा ६ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।
यस्तै ट्याक्टरको साथै टिफर र ट्रकको ठक्करबाट ५ जनाको ज्यान गएको छ । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने बस र अटो रिक्साबाट एक÷एक जनाको ज्यान गएको छ ।