रोकिएन बर्डफ्लु संक्रमण, ३ लाख कुखुरा मरे

पुष्पराज अधिकारी

मकवानपुर । हेटौंडामा बर्डफ्लु संक्रमण भएको पाँच सातामा ६६ हजार ५ सय ४६ कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ । तर, अझै रोग नियन्त्रणमा नआएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले जनाएको छ ।

समितिको शुक्रबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग थप सहयोग माग गरेको छ । भेट्नरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको जनशक्तिले रोग नियन्त्रण गर्न नसकेको हो । हेटौंडा–७ स्थित दुई किसानको खोरबाट लिइएको नमुनामा एक दिनअघि मात्र बर्डफ्लु पुष्टिको रिपोर्ट आएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । बर्डफ्लु फैलिन नपाओस् भनेर मन्त्रालयसँग थप मद्दत माग गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार हालसम्म लेयर्स ६५ हजार ७ सय ८३, ब्रोइलर ४ सय १२ र विभिन्न प्रजातिका पन्छी ३ सय ५१ वटा नष्ट गरिएको छ । २५ हजार अण्डा र ४ हजार ४ सय ६३ किलो दाना नष्ट गरिएको बताउनुभयो ।

हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेका कुखुरा माघ अन्तिम सातादेखि बिरामी हुँदै मर्न थालेका थिए । किसानले चितवनस्थित पशुसेवा विज्ञ केन्द्रमा रोगी कुखुरा परीक्षण गर्दा बर्डफ्लुको लक्षण देखिएपछि भेट्नरी अस्पतालले चासो लिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा फागुन १४ गते नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । प्रयोगशालाले फागुन २८ मा बर्डफ्लु पुष्टि गर्दै भेट्नरी अस्पताल हेटौंडामा पत्र पठाएको थियो । त्यसलगत्तै चैत २ देखि संक्रमित कुखुरा नष्ट गर्ने अभियान चलाइएको थियो । सीमित स्रोतसाधन र जनशक्तिका कारण रोग नियन्त्रणमा समस्या परेको केन्द्र प्रमुख डा. चेतनारायण खरेलले बताउनुभयो । रिपोर्ट ढिला आएको र रोग अन्यत्र फैलिएको विषयमा स्थानीय प्रशासनले अनुसन्धान गरिररहेको छ ।

बर्डफ्लु र अन्य संक्रमणबाट माघयता ३ लाखभन्दा बढी कुखुरा मरेको कुखुरा व्यवसायी संघ मकवानपुरको दाबी छ । प्राविधिक समितिले सरोकारवालाको सहमतिमा प्रतिगोटा जिउँदो लेयर्स ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकिलो ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…