Logo बैशाख ३१, २०७८ शुक्रबार


आईपीएल : चेन्नाइ शीर्षस्थानमा उक्लियो, वाट्सनको ९६ रन

काठमाडौं । आईपीएल क्रिकेटमा चेन्नाई सुपर किङ्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईस्थित चिदमबराम स्टेडियममा मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नाई शीर्षमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य चेन्नाईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईको लागि शेन वाट्सनले ९६ रनको योगदान गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए । बलिङतर्फ हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । पाण्डेले अविजित ८३ रनको योगदान गर्दा वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए । चेन्नाईका हरभजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…