Logo मंसिर १२, २०७७ शुक्रबार


सात वर्षदेखि बनेन नगरकोट सडक : पर्यटक र स्थानीयलाई सास्ती (फोटो फिचर)

नारायण थापा
भक्तपुर ।
उपत्यकाबाट नजिक रहेको पर्यटकीय स्थल नगरकोट सडकको अवस्था विगत सात वर्षदेखि बेहाल छ । केही समयका लागि ग्राबेलिङ्ग गरिएता पनि नगरकोटको सडकहरु फेरि बिग्रिएका छन् ।

स्थानीय आन्दोलित
एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

सडकखण्ड अन्र्तगतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सह–संयोजक र रमेश अधिकारी सचिव रहेको २ सय ५१ सदस्यीय समिति गठन गरि अबको ५ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरिय हुनुपर्नेलगायतका माग राखी समितिले आन्दोलनको घोषणा गरेको छन् ।

दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक ७ वर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेको समितिका संयोजक राजकुमार लामिछानेले बताउनुभयो ।

पर्यटकको संख्यामा कमी
सबैको रोजाईमा पर्ने गन्तव्य स्थल नगरकोटको सडक अहिले आवतजावत गर्ने स्थानीयदेखि बाह्य पर्यटकलाई समेत कठिन हुने गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्टले बताउनुभयो । सडकको विभिन्न ठाउमा परेका खाल्डाखुल्डी हिलो धुवा धुलो धेरै हुँदा सवारी साधन बाटैमा बिग्रने र दुर्घटनामा वृद्धी हुनुका साथै सडक छेउछाउका बासिन्दालाई सडकमा आवतजावत गर्दा सवारी साधनले उडाउने धुलोका कारण स्वास्थ्यमा नै प्रतिकुल असर परेको भट्टले बताउनुभयो ।

होटल व्यवसायीलाई पर्यटक नफर्कने चिन्ता
देश विदेशबाट आफ्नो थकान मेटाउन आउने पर्यटकलाई बिच बाटो पुगेपछि खाल्डाखुल्डी, धुवा, धुलोले गर्दा एकपल्ट आएपछि अर्को पल्ट आउने वातावरण नहुने होटल व्यवसायी दामोदर दंगालले बताउनुभयो । यसले गर्दा स्थानीयले संचालन गरेका व्यवसाय धरापमा पर्नुको साथै नगरकोटको पर्यटन व्यवसाय नै धरापमा पर्ने सम्भावना देखिएको दंगालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…