अभिभावकले गरे पुस्तक पसलमा ढुंगामुढा

विद्यानन्द राम
सप्तरी । राजबिराजस्थित पुस्तक महल ( पुस्तक बिक्री केन्द्र) मा अभिभावकहरुले ढुंगामुढा गरेका छन् । पुस्तक बिक्रीमा सिन्डिगेड प्रणाली लगाएको र मनपरी मूल्य असुल गरेको बिरोधमा उत्रेका अभिभावकहरुले पसलमा ढुंगामुढा गरेका हुन् ।
सिन्डिगेड हटाउने माग गर्दै पुस्तक बिक्री केन्द्र पुगेका समूहलाई सञ्चालकले अपशब्द प्रयोग गरेपछि अभिभावकहरु जाइ लागेको प्रत्यक्षदर्शीले बताए । गत सोमबार ६ विद्यार्थी संगठनहरुले पुस्तक महलको मनोमानी मूल्य असुली बिरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएका थिए ।
जनदबाव परेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमन टोली खटाई पुस्तक महल बिरुद्ध कानुनी प्रकृया थालेको छ । पुस्तक बिक्रीमा सिन्डिकेड लगाइएको बुझ्न जिल्लामा रहेका प्रहरी कार्यालयहरुलाई निर्देशन दिइएको प्रमुख जल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।