Logo मंसिर १४, २०७७ आइतबार


भूकम्पको चार वर्ष : पश्चिममा ठूलो भूकम्प जाने सम्भावना

काठमाडौं । नेपालमा गोरखा भूकम्पको चार वर्ष बित्दा पनि परकम्प जाने क्रम रोकिएको छैन । भूकम्पीय जोखिमका हिसाबले नेपाल अझै जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको आज (बिहीबार) चार वर्ष बितेको छ । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन अनुसन्धान गरेका विज्ञहरूले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्वक्षेत्रमा ठूलो असर पर्नेगरी भूकम्प गए पनि पश्चिम नेपालमा भने कुनै असर पु¥याएको थिएन । भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुनपर्नेमा विज्ञहरूले सुझाएका छन् ।

फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदीको नेतृत्वमा भएको वैज्ञानिकहरूको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेका छन् ।

१२ वैशाख २०७२ को भूकम्पको समयमा सरकारको खानी तथा भूगर्भ विभागको महानिर्देशकसमेत रहेको विज्ञ लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित वैज्ञानिकको टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन् ।

नेपाली विज्ञहरूसँगै पीएसएल रिसर्च युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिकसदी ग्लोब फ्रान्सका भेरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विजरल्यान्डका ग्योर्गी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्र्ने सम्मिलित विज्ञहरूले लामो समय नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । आफूहरूले गरेको अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाएको अध्ययन टोली सदस्यले जानकारी दिएका छन् । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।