पुनर्निर्माणमा जुटेका ४ हजार इन्जिनियरद्वारा सामूहिक राजीनामा

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण जुटेका राष्ट्रिय प्राधिकरणका ४ हजार इन्जिनियरले सामूहिक राजीनामा दिएका छन । इन्जिनियरहरुले आफूहरुलाई भत्ता र अन्य सेवा सुविधा उपलब्ध नगराएको भन्दै सामूहिक राजीनामा दिएका हुन ।

४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहिबार देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् ।

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौं महिनासम्म सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लाका ४ हजार इन्जिनियरले सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिनुभयो ।

प्राधिकरणका इन्जिनियरहरुले नौं महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएका थिए । तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरको भनाई छ । समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन फर्कने प्रतिवद्धता पनि जनाएको छ ।

भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका इन्जिनियरले फागुन २५ गतेदेखि आन्दोलन थालेका हुन्

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।