Nic

सिरहामा महिलालाई जिउँदै जलाइयो (भिडियोसहित)

सिरहा । जिल्लामा एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डललाई पति र सासुले जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

कन्चनलाई जलाउने प्रयास गरेको देखेपछि छिमेकीले उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ ।

कञ्चनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको ५० प्रतिशत भाग जलेको छ। श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन र मण्डल फरार भएका छन् । सासुलाई भने प्रहरीले पक्राउ गरेको छ ।

हेर्नुहाेस् भिडियाे

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।