जिउँदै जलाइएकी कन्चनको निधन


काठमाडौ । जिउँदै जलाइएकी सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर ८ की कन्चन मण्डलको निधन भएको छ । २१ वर्षीया कञ्चनको कीर्तिपुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल उपचारको क्रममा शुक्रबार अपरान्ह निधन भएको हो ।

अस्पतालले उनको शरीर ७५ प्रतिशत जलेको र उपचारमा सवै उपाय अवलम्बन गर्दा पनि बनाउन नसकिएको जनाएको छ । शरीरको ७५ प्रतिशत भाग जलिसकेको मण्डललाई स्थानीयहरुले उद्धारगरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टरमा भर्ना गराएका थिए । त्यहाँबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकी मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

कल्याणपुर नगरपालिका ८ अरङको मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा कञ्चन मण्डललाई देखेपछि स्थानीयले उद्धार गरेका थिए । कञ्चनको हत्या गरिएको हो की उनी आफैले आत्महत्या गरेको हो एकिन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले घटनाको विषयमा अझै अनुसन्धान हुन बाँकी रहेको बताउनुभएको छ । जलेर घाइते भएकी कञ्चनले मर्नु अघि आफूलाई श्रीमान् र सासु मिलेर आगो लागाएको बताएको प्रहरीको भनाई छ ।

कञ्चनकी वृद्ध सासु सुरजीदेवी मण्डल र दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन । तर स्थानीयले भने मृतक कञ्चनको श्रीमान् बेचु मण्डल करिव तीन महिना अघि नै रोजगारीको लागि भारतको अहमदाबाद गएको जनाएका छन् । प्रहरीले घटना सम्वेदनशील भएकोले हत्या वा आत्महत्या के हो थप अनुसन्धान पछिमात्र बताउन सकिने बताएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।