Nic

पसलमा बस छिर्दा चिया पिइरहेका देवनारायणको मृत्यु, ७ घाइते


विद्यानन्द राम

राजविराज । सप्तरीको कन्चनरुप नगरपालिका –९ मा (शनिबार) बिहान भएकाे बस दुर्घटनामा एक जना मृत्यु भएको छ भने, अन्य ७ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरको बस सडक छेउमा रहेको चिया पसलमा छिरेकाे छ ।

बसले चियापसलमा चिया पिइरहेका सोही नगरपालिका ८ का देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका सुनरलाल महतो र असर्फि मण्डल घाइते भएका छन्।

यसैगरी बसमा सवार मोरङको केराबारी गाउँपालिका ५ का कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ का पुर्णबहादुर लावती, बाराको अमलेखगं नगरपालिका २१ की शान्ती खड्का, शान्तिको ४ वर्षका छोरा घाइते भएका छन्।

यसैगरी बारा अमलेखगंज नगरपालिका २१ लक्ष्मी गिरी, सोही ठाउँकी लक्ष्मी गिरी र लक्ष्मीकी ७ वर्षकी छोरी आयुषा गिरी घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि धरान र विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।