काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
शनिबार जनतासमाचार डटकम मा बालुवाटारको ४ सय कित्ता जग्गा रोक्का, नयाँ वर्षसँगै शेयरमा सुधार, भत्काइयो टहरा खुला बन्यो खुलामञ्च, कहाँ गए रामचन्द्र ? खोजीदिन परिवारको आग्रह, हुरीपीडितको घर निर्माणमा जुट्यो सेना लगायतका राजनीतिक, समाजिक तथा आर्थिक समाचार प्रकाशित भएका थिए ।
गोरखापत्र दैनिकले ‘जलवायु परिवर्तन खतराको घण्टी’ शिर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढीरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तिवृता दिइरहेको अवस्थामा नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यवश जलवायु परिवर्तनको अन्यायपूर्ण भार बेहोर्दै आएको र यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको बताउनुभएको समाचारमा उल्लेख छ । त्यस्तै, हुम्लामा अज्ञात रोगले नौ को मृत्यु, खलामञ्चका टहरा भत्काइयो। चक्रवातपीडितका घर बन्ने र बैठक कोठाको मार्बलबाट शहीद गेट बन्ने लगायतका समाचारहरु प्रथम पृष्ठमा प्रकाशित छन् ।
‘कटेज बन्दै कंक्रिट टावर’ शिर्षकको समाचारलाई कान्तिपुर दैनिकले आफ्नो प्रमुख समाचार बनाएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले ईआइए स्वीकृतिविपरित एकै ठाउँमा ८ भन्दा बढी कंक्रिट भवन बनाएको हो । कम्पनीले कटेज बनाउने बनाउने वातावरणीय मूल्यांकन (ईआए) सरकारबाट गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरु खडा गरेको समाचारमा उल्लेख छ । यसैगरि राष्ट्रपति सीले भने, विकासमा साथ छौं , खुलामञ्चका सटर भत्काइए र कक्स बजारका कथा शिषर््कका समाचारलाई प्रथम पृष्ठमा समेटिएको छ ।
अन्नपूर्ण पोष्ट् दैनिकमा ‘रेल समेटियो बीआरआईमा’ शिर्षकको समाचार मुद्यय समाचारका रुपमा छापिएको छ । नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को दोश्रो अन्तराष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको समाचार छ । शनिबार बेइजिङमा सम्पन्न बीआरआई सम्मेलनमा ३७ मुलुकका राष्ट्रप्रमुखको गोलमेच पछि ३८ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । यसैगरी नेता थप्दै नेकपा, विद्यार्थी खोज्दै घर घरमा र सुर्खेतमा मौसमी फ्लुले पुरै गाउँ थला शिर्षकका समाचारहरु पहिलो पृष्ठमा छापिएका छन् ।
नयाँपत्रिका दैनिकले ‘खुलामञ्चमा सरकार र ठेकेदारको लुकामारी, मर्कामा साना व्यापारी’ र ‘रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी’ शिर्षकका दुई समाचार मुख्य समाचारका रुपमा प्रकाशित भएका छन् । समाचार अनुसार खुलामञ्चमा सरकारकै आँखाअगाडि सटर बनाएर ठेकेदारले ११ देखि १५ लाखका दरलृ ५१ साना व्यापारीबाट उठाएको सात करोडको जिम्मेवार को हुने भन्ने प्रश्न उब्जिएको छ । त्यस्तै हुम्लाको सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा ताँजाकोटमा २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी परेका हुन् । यस्तै नेपाल चीन सीमापार रेलमार्ग विश्व नजरमा र नेकपामा प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने समाचार पनि मुख्य समाचार छन् ।
राजधानी दैनिकले ‘खुलामञ्चका सडकमा डोजर’ शिर्षकको समाचारलाई प्रमुख समाचारका रुपमा प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर डोजर लगाएर भत्पाएको हो । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, महानगर कार्यान्वयन शाखा र नेपाल प्रहरीको संयुक्त प्रयासमा सटर डोजर लगाएर भत्काइएको छ । यसैगरि ललिता निवासको साढे ४ सय कित्ता किटान र कांगे्रसमा १८२ विभाग रित्तै भएको समाचार पनि प्रथा पृष्ठमा समेटिएका छन् ।