मह जोडीले गरे ‘राता मकै’ गेटको उद्घाटन

बिना श्रेष्ठ
काठमाडौं । हुन त नाम आमा बुवा वा घरका अग्रजले राखिदिने चलन छ । तर हाँस्य अभिनेता किरण केसी भने जन्मले पाएको नाम भन्दा कर्मले कमाएको नाम ‘राता मकै’ले बढी चर्चित हुनुहुन्छ । हाँस्य टेलिचलचित्र जिरे खुर्सानीमा उहाँले बोल्ने थेगो ‘ए राता मकै’ आम नेपालीले सर्वाधिक रुचाएको थेगो हो ।

सोही थेगोको लोकप्रियताकै कारण रातामकै चोक, रातामकै पसल, रातामकै यातायात जस्ता नामहरु राखिए । त्यति मात्र होइन सरकारले समेत ललितपुरको इमाडोल चोकदेखि उहाँको घरसम्मको सडकमार्गको नाम रातामकै मार्ग नामाकरण गरिदिएको थियो । सोही थेगोबाटै ‘रातामकै गेट’ समेत निर्माण भएको छ । ‘राता मकै गेट’को आइतबार मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र महाँलक्ष्मि नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयूक्तरुपमा उद्घाटन गर्नुभएको छ ।

वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले केसीले गेट निर्माणको प्रशंसा गर्दै रातामकै गेटलाई ठट्यौली शैलीमा ‘किरण द्वार’को उपमा दिंदै भन्नुभयो, ‘भारतको हरिद्वार भनिएजस्तै नेपालमा किरण द्वार को निर्माण भएकोमा निकै खुशी लागेको छ ।’

वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यले इमाडोल आफनो आमाको जन्भूमि भएकाले गौतम बुद्ध जन्मेको ठाउँ जस्तै प्यारो लाग्ने बताउनुभयो । सोही पवित्र स्थानमा अनन्य मित्र किरण केसीको नाममा गेट निर्माण भएकोमा निकै खुशी लागेको बताउनुभयो ।

चार दशक लामो कलाकारितामा लागेर किरणले धन कति कमाउनुभयो त्यो यसै भन्न कठिन छ । तर यो सहजै भन्न सकिन्छ कि उहाँले लाखौं नेपालीको असिम माया बटुल्नुभएको छ । र त कलाकारिताबाटै कमाएको थेगोबाट उहाँको सम्मानमा यसरी राता मकै मार्ग, राता मकै यातायात, राता मकै पसल, राता मकै चोक, राता मकै गेटलगाएतका संरचनाहरु बन्दै गएका छन् । एउटा कलाकारको लागि त्यो भन्दा गर्वको कुरा अरु के हुन सक्छ ?



Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।