भारतमा ‘फेनी’ले ठूलो क्षति पुर्‍याउने, नेपालमा कस्तो प्रभाव पर्छ ?

काठमाडौं । बंगालको खाडीबाट उठेको चक्रपात तुफान ‘फेनी’ले भारतको दक्षिण क्षेत्र तमिलनाडु, केराला र आन्द्र प्रदेशमा ब्यापक क्षति पुर्‍याउने अनुमान गरिएको छ । तुफानमा कारण ती क्षेत्रहरुमा ठूलो वर्षा हुने आशंका पनि भारतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

मौसम विभागले पुडुचेरी, तमिलनाडु र दक्षिण आन्ध्र प्रदेशमा ३ मे सम्म माछा मार्नको लागि नजानु भन्दै चेतावनी दिएको छ । चेन्नईका क्षेत्रीय तुफान चेतावनी केन्द्रका निर्देशक एस बालाचन्द्रका अनुसार अबको २४ घण्टामा यो तुफानले यी तीन राज्यमा ठुलो आतंक मच्चाउन सक्छ । बालाचन्द्रले ‘फेनी’ नाम बंगलादेशको सुझावको आधारमा दिइएको जनाएका छन् ।

तमिलनाडु र पुडुचेरीको तटीय क्षेत्रमा हावाहुरीको सम्भावना सँगै वर्षा हुने देखिएको छ । केरेला राज्यमा भोली र पर्सी हावाहुरीसहितको भारी वर्षाको सम्भावना रहेको छ । मौसम विभागले तमिलनाडुको तटीय ३० अप्रिल र १ मे मा सावधान रहन अनुरोध गरेको छ । बिहिबार तमिलनाडुमा चक्रपातको रफ्तार १२० देखि लिएर १४५ किमि प्रतिघण्टा रहने देखिएको छ ।

नेपालमा कस्तो प्रभाव ?
भारतमा ‘फेनी’ तुफानले आतंक मच्चाउने समाचार प्रकाशित भएसँगै नेपालमा पनि त्यसका प्रभावको विषयलाई लिएर चर्चा भइरहेको छ । केही मिडियाहरुले नेपालमा पनि ब्यापक आतंक मच्चाउने संकेत गरेर लेखेता पनि नेपालमा ‘फेनी’ तुफानको खासै असर नदेखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार ‘फेनी’को प्रभाव नेपालमा खासै नपरेता पनि शनिबार भने देशको पूर्वी भू–भागहरुमाथिको आकाशमा बादल देखिने र केही स्थानमा वर्षाको सम्भावना छ । यो बाहेक खासै आत्तिनुपर्ने अवस्था नरहेको मौसमविद् अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…