Nic

संसदमा देउवालाई नेम्वाङकाे प्रश्न जनता कसरी निरास भए ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मुलुक योजनावद्ध ढंगले समृद्धिको बाटाेमा अगाडि बढिरहेको बताउनु भएको छ ।

संघीय संसद बजेट अधिवेशनमा उपनेता नेम्वाङले ‘देश निरास छ, जनता निरास छन्’ भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाईप्रति आपत्ति बनाउनु भयो । सभापति देउवाले संसदमा देश र जनता निरास भएको धारणा राख्नु भएको थियो । देउवाको भनाई लगत्तै उपनेता नेम्वाङले त्यसप्रति आपत्ति जनाउनु भएको हो ।

‘यो अधिवेशनप्रति सिंगाे मुलुकको ध्यान केन्दित छ । सरकारले के कस्तो नीति तथा कार्यकम ल्याउँछ भन्ने चासो छ, प्रतिपक्षले कसरी आफ्नो भूमिका निर्वाह गर्छ भन्ने चासो छ’ उहाँले भन्नुभयो, ‘गएको अधिवेशनबाट २ सय भन्दा बढी कानुन निर्माण भयो । हामीले जनतालाई अधिकार सम्पन गराउने, विभिन्न आधार तय गर्दैै समृद्ध नेपाल खुशी नेपाली बनाउने भन्नेमा छौ. । यस्तो अवस्थामा देश निराश छ, जनता निरात छन् भन्नु कति उचित छ ? जनता निराश होइन जनता खुशी छन् । उत्साहित छन् । जनताको उत्साहले, खुशीले हामी यो जगमा आइप्ुगेका हौ । जनता कसरी निरास भए ? देश कसरी निरास भयो ? हामी प्रतिपक्षको सम्मान गर्छौ । प्रतिपक्ष संसदको गहना हो तर प्रति पक्ष त्यही अनुसारको भूमिका निर्वाह गर्नुपर्छ ।’

उपनेता नेम्वाङले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।