Nic

अस्वस्थकर खाजा खाने बालबालिकामा कुपाेषण बढ्दै

अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेकाे पाइएकाे छ ।

सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो ।

१८ बालबालिकामा गरिएको अध्ययनमा हेलन इन्टरनेशनलमा कार्यरत डा.अतुल उपाध्यायले जानकारी दिनुभयो । ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो । ‘सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो । उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ’ उहाँले भन्नुभयो ।

प्रोटिन, कार्बोहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जङ्कफुड भनिन्छ । पछिल्लो नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार करीब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित रहेका छन् ।

यसैगरी शिशु तथा बाल्यकालीन पोषणको सिफारिस गरेअनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाको सङ्ख्या ४७ प्रतिशत मात्र रहेको छ । यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ । पोषण पैरवीसम्बन्धी आयोजित कार्यक्रममा महाशाखाका प्रमुख चिकित्सक आरपी विच्छाले आमाको दूध प्रतिस्थापना गर्ने वस्तुको बिक्री वितरणलाई निषेध गर्नेसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याउनुभयो ।

मन्त्रालयले सन् १९९२ मा सो ऐन जारी गरेको थियो । उहाँले भन्नुभयो, ‘पोषणस्थितिमा सुधार ल्याउन आमाले शिशु जन्मेको ६ महीनासम्म निरन्तर दूध खुवाउनुपर्छ ।’ प्रोटिन, कार्बोहाइड्रेड, क्यालोरी, मिनरल्स तथा सुक्ष्म पोषकतत्वको कमीलाई न्यून पोषण तथा असन्तुलित खानपान, निष्क्रिय जीवनशैलीका कारण अधिक तौल हुनुलाई अधिक पोषण भनिन्छ ।

नेपालमा न्यून पोषण र अधिक पोषण दुवै खालका समस्या रहेको कार्यक्रममा जानकारी दिइयो । न्यून पोषणले बालबालिकामा पुड्कोपन, ख्याउटे तथा कम तौल भएका समस्या तथा अधिक पोषणले मधुमेह, रक्तचाप जस्ता समस्या देखा पर्दछन् ।

कार्यक्रममा महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले बालबालिकामा पोषणको अवस्थालाई सुधार ल्याउन आगामी दिनमा सरकारले थप लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

पाँच वर्ष अगाडि बालबालिकालाई पोषणयुक्त खाना खुवाएमा पुड्कोपनबाट मुक्त गर्न सकिन्छ । गर्भधारणदेखि दुई वर्षसम्मको उमेर बीचमा बालबालिकामा पुड्कोपनको बीजारोपण हुन्छ । अर्कोतर्फ नवजात शिशुमध्ये करीब ५५ प्रतिशतले मात्र जन्मेको एक घण्टाभित्र आमाको दूध र ६६ प्रतिशतले ६ महीनासम्म आमाको दूध खुवाएको पाइएको प्रतिवेदनले देखाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– वैदेशिक काममा फाइदा मिल्नेछ । भाग्यले साथ दिनेछ ।वृष– काममा अलमल हुनेछ । अरुले नराम्रो सोच्नेछन् ।मिथुन– पारिवारिक सुख…

काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ ।

मानिसको मुटु बायाँतिर हुन्छ तर वुलिङटार गाउँपालिकाको वडा नम्बर ५ स्थित भदौरी गाउँका बेलबहादुर पुलामीको मुटु दायाँपट्टी भएको पाइएको छ।

प्रकृतिले सुन्दर बनाएको देशलाई हामी मानिसले भौतिक रुपमा अझ सुन्दर बनाउन सक्नु पर्दछ ।

धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ ।

हरेक दिन थुप्रै सपना बन्छन् । तर ती पूरा हुदैँनन्, मनभित्रै मर्छन् । हरेक योजना चिहान बन्छ ।