Nic

‘संसद नुन नपुगेको तरकारी जस्तो’


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टी नेपालकान संयोजक डा. बाबुराम भट्टराई सरकार र प्रतिपक्षको सहकार्यबिना मुलुक समृद्ध नहुने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले सोमबार बजेट अधिवेशनमा प्रतिपक्षको आन्दोलनबाट सरकार लरबराउन नहुने उल्लेख गर्नुभयो ।

‘लोकतन्त्र कहिल्यै पनि पूर्ण हुँदैन’ उहाँले भन्नुभयो, ‘यदि पूर्ण भयाे भनियो भने लोकतन्त्र सिद्धिन्छ । सरकारले एकताको कुरा पर्छ । उसको काम त्यही हो । त्यस्तै प्रतिपक्षले आन्दोलन गर्छ । उसको जिम्मेवारी पनि त्यही हो । एकता र आन्दोलनलाईसँगसगै अगाडि बढाए मात्र मुलुक समद्ध बन्छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । ‘सरकारले जनता सन्तुष्ट हुने गरी काम गर्न सकेको छ्रैन, प्रतिपक्षले पनि सशक्त भूमिका निर्वाह गर्न सकेको छैन’ उहाँले भन्नुभयो, ‘सरकार र प्रमुख प्रतिपक्षको कार्यशैली मणि हराएको नाग जस्तो, बिना हराएको कस्तुरी जस्तो । संसद पनि नु्न नलागेको तरकारी जस्तो ।’

संयोजक भट्टराईले मुलुकलाई समृद्ध पार्न उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । ‘उत्पादन वृद्धि नभएसम्म मुलुक समृद्ध बन्दैन’ उहाँले भन्नुभयो, ‘तर मुलुकमा उत्पादन वृद्धि हुन सकेको छैन । उत्पादन अत्यन्तै न्यून छ, इन्द्रदेवको कृयाले २, ३ वर्ष राम्रै वर्षा भयो तर उत्पादन अत्यन्तै कम छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।