Nic

‘पाइलट विजय लामा निलम्बित’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामालाई निलम्बन गरेको छ ।

नेपाल एअरलाइन्सको दुबई उडान क्यान्सिल पछि आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै लामालाई निलम्बन गरिएको हो । लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको ठहर गरी निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

पाइलट लामाले मिडियामा दिएका अभिव्यक्तिले सुरक्षा चासो उत्पन्न गरेको भन्दै प्राधिकरणको सुरक्षा हेर्ने विभागले उनलाई ‘जहाज उडान किन दिने ?’ भन्ने प्रश्नबारे स्पष्टिकरण मागेको थियो ।

पाईलट लामाले भने एअरलाईन्सको प्रवक्ताको हैसियतले मिडियामा नियामक र एटिसीका बारेमा प्रतिक्रिया दिएको बताउँदै आएका छन् । प्राधिकरणका महानिर्देशक संजिव गौतमले भने पाइलट लामा प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

निलम्बित गरिएको खबर सुनेपनि आधिकारीक जानकारी नपाएको पाइलट लामाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।