प्रधानमन्त्री मोदीलाई सैनिक जवानको टक्कर

काठमाडौं । भारतीय लोसभाको निर्वाचन हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट उम्मेदवारी दिएका छन् । मोदीलाई हराउने भन्दै पूर्व सैनिक जवान तेजबहादुर यादव प्रतिस्पर्धी भएर उत्रिएका छन् ।

देशव्यापी निर्वाचन अभियानमा प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै मत मागिरहेका छन् तर सेवा निवृत सैनिक जवान यादवले मोदीले सेनामाथि राजनीति गरेको भन्दै उनलाई चुनौती दिइरहेका छन् ।

मोदीविरुद्ध उम्मेद्वारी दिने तेजबहादु सीमा सुरक्षा बल (बिएसएफ) का जवान थिए । दुई वर्षअघि उनको एउटा भिििडयो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा उनले सेनाका जवानलाई दिइने निम्नस्तरको खानाबारे प्रश्न उठाएका थिए । सेनाका अधिकृत र गृहमन्त्रालयलाई अवगत गराउँदा पनि सुनुवाई नभएको र भारतीय सीमा सुरक्षा बलका जवानहरुले पेटभरी खान नपाएको गुनासो गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको तेजबहादुरको भिडियो निकै चर्चित भएको थियो । भिडियोले भारतीय राजनीति र सेनाभित्र पनि हलचल मच्चाएको थियो । भिडियो पोष्ट गरेकोमा छानविन कमिटी बन्यो र तेजबहादुर सेवा मुक्त गरिए ।

हरियाना राज्यका बासिन्दा सेवा निवृत सैनिक जवान तेजबहादुर अन्नत बनारस आएर निर्वाचनको मैदानमा उत्रिए त्यो पनि प्रधानमन्त्री मोदी विरुद्ध उम्मेद्वार बनेर । प्रधानमन्त्री मोदीले सेनाको पराक्रमलाई निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेको तेजबहादुरको आरोप छ ।

काशी विश्वनाथको आशिर्वादले नक्कली चौकिदार र सेनामाथि राजनीति गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउन सफल हुने तेजबहादुरको तर्क छ । मोदीले सेनाको नाम बदनाम गरेको र सेनाको आत्मबल घटाएको तेजबहादुरको चुनावी नारा छ । भारतको उरी र पुलवामामा भएको आतंकारी आक्रमण पश्चात भारतीय सेनाले पाकिस्तानतर्फ गरेको सर्जिकल स्ट्राइकको श्रेय भारतीय जनता पार्टीका कार्यकर्ता तथा नेताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिने गरेको तेजबहादुरको आरोप छ ।

भारतीय प्रधानमन्त्री मोदीले विगतका सरकारहरुले सेनालाई छुट नदिएको कारण पाकिस्तानमाथि आक्रमण नगरेको भाषण गर्दै हिँडेका छन् । तेजबहादुर भन्छन् सेनाले यसअघि पनि आक्रमण गथ्र्यो तर त्यसको राजनीतिक प्रोपोगण्डा हुँदैनथ्यो ।

मोदी सरकारले सेनाको पराक्रमलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिरहेकोले त्यसको जवाफ दिन चुनावी मैदानमा उत्रिएको तेजबहादुरले बताए । सीमाको सुरक्षामा त खटियौं तर देशको सीमा रक्षक जवान संसदमा नपुगेसम्म देशको सुरक्षा सुनिश्चित नहुने उनको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।