‘हटौंडा काठमाडौं रोपवे १८ वर्षदेखि अलपत्र’

प्रतिघण्टा २२ टन ढुवानी हुन्थ्यो

पुष्पराज अधिकारी

मकवानपुर । ५४ वर्षअघि अमेरिकी सहयोगमा स्थापना गरिएको ‘रोपवे’ सरकारले २०५८ मंसिर ८ गते विघटन ग¥यो । २०२१ सालदेखि सञ्चालनमा ल्याइएको रोपवेको प्रतिघण्टा २२ टन ढुवानी क्षमता थियो । लगातार ४० वर्ष सञ्चालित हेटौंडा–काठमाडौं रोपवे १८ वर्षदेखि अलपत्र छ ।

भैंसेस्थित सबस्टेसनमा बिग्रेको तार र ट्रान्सफर्मर मर्मतसम्भारका लागि सरकारले रकम उपलब्ध नगराउँदा २०५६ सालमा रोपवे बन्द भएको थियो । पछि २०५८ सालमा सरकारले यसलाई खारेज गरेको थियो । विघटनपछि बेवारिसे बनेको हेटौंडा–काठमाडौं रोपवेका तार र क्यारियरहरू गाउँलेको निम्ति थापिएका धराप जस्ता भएका छन् । कुनै पनि बेला तार चुडिएर बस्तीका बासिन्दाहरू घाइते हुन सक्न र क्यारियर खसेर मृत्यु नै हुन सक्ने जोखिम पनि उत्तिकै छ ।

हेटौंडादेखि काठमाडौंसम्म रोपवेका ८ वटा टर्मिनल र ७ वटा स्टेसन थिए भने ३ सय ५३ वटा टावर थिए । शुरुमा ३ सय ६० वटा डम्बा (क्यारियर) रहेकोमा २०५५ सालसम्म आइपुग्दा घटेर एक सय ६० वटा मात्र बाँकी थियो । रोपवेको एउटा डब्बाले हेटौंडाबाट काठमाडौं जाँदा पाँच सय ५० किलो र काठमाडौंबाट हेटौंडा आउँदा दुई सय ७५ किलो बोक्ने गरेको थियो । चार सय ५० हर्सपावर क्षमताको रोपवे हेटौंडाबाट काठमाडौं जाँदा २२ टन प्रतिघन्टा र काठमाडौंबाट हेटौंडा आउँदा ११ टन प्रतिघन्टा भारवहन क्षमता थियो ।

रोपवेले प्रतिघन्टा दुई ट्रकको क्षमता बराबरका सामान ढुवानी गथ्र्यो । हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं दुई वटा ट्रक आवतआवत गर्न करिब दुईसय लिटर इन्धन आवश्यक पर्छ । तर यसको विकल्पमा ६ घन्टामात्र रोपवे सञ्चालन हुँदा पनि १२ सय लिटर इन्धन बचत हुने निजि क्षेत्रको भनाई छ । सरकारले ढुवानीलाई सस्तो र सुलभ बनाउन रोपवेलाई पुनः सञ्चालनमा ल्याउनपर्ने उनीहरुको माग छ ।

अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर निर्माण भएको रोपवेमा एक किलो सामग्री पाँच पैसामा ढुवानी हुने गरेकोमा सामग्री ओसार्दा प्रतिकिलो एक पैसामात्र लाग्दथ्यो । तत्कालिन श्रम तथा यातायात मन्त्रालयले रोपवेको सम्पत्ति २९ करोड रहेको जनाएको थियो । सरकारी उदासिनताका कारण लामो समयदेखि बन्द रहेको हेटौंडा–काठमाडौं रोपवेको करोडौं मूल्यको तार र मालसामान चोरी हुनुका साथै संरक्षणविहीन अवस्थामा रहेको छन् । भैंसे जुरीखेतसम्मको सानो र ठूलो गरेर करिब ६ हजार मिटर लामो रोपवेको तार चोरी भइसकेको छ । सयौं ठाउँमा रोपवेको जग्गा अतिक्रमण गरेर स्थानीयले घर निर्माण र खेतीपाती गरिरहेको इतिहास खोजकर्ता केदारप्रसाद न्यौपानेले बताउनुभयो ।

हेटौंडामा रहेका रोपवेको जग्गामा अहिले विभिन्न सरकारी कार्यालय र सुमोकाउन्टर बसेका छन् । हेटौंडा–१ चौकीटोलस्थित स्टेसनमा हेटौंडा उपमहानगरपालिकाले टाटासुमो पार्किङ स्थल बनाएको छ । हेटौंडा स्टेसनको करिब दुई बिघा जमिनमा श्रम कार्यालय हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय भवन निर्माण गरिएको छ । श्रम कार्यालय भवनमा भने ३ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्य न्यायाधिवक्ताको कार्यालय राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…