मालपोतका कर्मचारी र वडाध्यक्ष मिलेर एकल महिलाको जग्गा हडपे

जग्गा नामसारी गरिदिन्छौँ भन्दै ३३ कठ्ठा हडपे

प्रकाश न्यौपाने
भैरहवा ।
रुपन्देहीको कोहटीमाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र भूमाफिया मिलेर एकल महिलाको जग्गा हडपेका छ ।

कोटहीमाई गाउँपालिका वडा नम्बर ४, वयरघाटकी कमलावती पालको ३३ कठ्ठा साढे ८ धुर जमिन सोही वडाका वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, मालपोत कार्यालय मर्चवारका कर्मचारी र ६ जना भूमाफियाले हडपेका हुन् । एकल महिला कमलावतीको घरमै गएर श्रीमानको नामको जग्गा तपाईंको नाममा गराइदिन्छौं भन्दै उनीहरुले जग्गा हडपेको रहस्य खुलेको छ ।

मालपोतको तथ्यांकअनुसार वडाअध्यक्ष पाण्डेयले आफ्नै छोरा राजेश पाण्डेयको नाममा ५ कठ्ठा ११ धुर जमिन पास गराएका छन् । पाण्डेयले २०७५ चैत १४ गते मालपोतबाट रजिष्टेसन पास गरेका हुन् ।

यस्तै, १४ गते नै मायादेवी गाउँपालिका, गरकट्टीका प्रेमकुमार यादवले ५ कठ्ठा ११ धुर आफ्नो नाममा गराएका छन् । चैत १५ गते कोटहीमाई–३, पर्सियाका सूर्यनाथ अहिरले ५ कठ्ठा १९ धुर आफ्नो नाममा गरेका छन् । प्रशासनले यसबारे आवश्यक प्रक्रिया अघि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

एकल महिलाको जमिन भू–माफियासँग मिलेर आफैले निर्वाचित गरेका जनप्रतिनिधिले हडपेपछि स्थानीय आक्रोसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।