नेकपामा दाहाल हाबी : ओली ३८, दाहाल ४९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ। केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ। केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ। यीमध्येबाट १ सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुन सक्छ।

नेकपाभित्र कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी छ। त्यसमा पनि बाहुन क्षेत्रीको हकमा तीन र महिला, दलित, जनजाति र मधेसीको हकमा दुई कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू गर्ने सहमति नेताहरुले गरेका छन्। सो मापदण्डअनुसार पोलिब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८, पुष्पकमल दाहाल समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेछन्।, समाचार नागरिक दैनिकमा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संगठन विभागमा ३ नेतालाई थपेको छ ।

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…