समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसा पुग्यो, नेपालमा पनि प्रभाव पर्ने

काठमाडौं । अति भयंकर समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रवार बिहान प्रवेश गरेको छ । बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ । ओडिसाको पुरी शहरमा मध्यान्ह १२ बजेसम्म आँधी प्रवेश गर्ने बताइएको छ । फानीको सम्भावित मार्गबाट ११ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ । तटीय क्षेत्रहरुमा रेल र विमान सेवा, दुई बन्दरगाह र शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पुरी शहरमा ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिरमा फानीको असर पर्न सक्ने बताइएको छ । उद्धार र राहतका लागि भारत सरकारले जल सेनालाई तम्तयार राखेको छ । ७ पानी जाहाज, ६ विमान, र दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।

नेपालको पश्चिमी क्षेत्र रुपन्देही र कैलालीमा शुक्रबार बिहान सामान्य हावाहुरी आएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी फानीको नेपालमा आंशिक प्रभाव पर्ने बताएको छ । भारतबाट बंगलादेशतिर पुग्ने क्रममा आँधीको वेग कमजोर हुने र नेपालमा सामान्य प्रभाव देखिने महाशाखाको भनाइ छ । शुक्रवार अपरान्हदेखि शनिबारसम्म पूर्वी नेपालमा हावाहुरीसहितको वर्षा र चट्याङ पर्न सक्ने बताउँदै सावधानी अपनाउन सूचना जारी गरिएको छ । शुक्रवार पश्चिमी वायु सक्रिय हुने भएकोले देशैभरी वर्षा हुने अनुमान पनि गरिएको छ ।

हिमाली भेगमा भारी हिमपात हुने अनुमान गरिएको छ । सन् २०१४ मा समुन्द्री आँधीका कारण नेपालको हिमाली क्षेत्रमा भारी हिमपात भएको थियो ।

जल तथा माैसम पूर्वानुमान महाशाखाकाे सूचना

अपडेट : चक्रवात “फानी” २० गते शुक्रबार वैशाख २०७६, ०८:३० बजे  चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसाको तटीय क्षेत्रनजिकै अवस्थित छ| आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओडिसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ| Landfall पश्चात् यो प्रणाली फेरि उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जानेछ|

 उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए तापनि यसको प्रभावबाट नेपालका पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम  प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एकदुई स्थानमा भारी वर्षा हुनसक्ने  सम्भावना छ भने हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिन्छ। साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपातको सम्भावना छ। आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…