Nic

रामलाल थारु

कथा

हामी केटाकेटी सधैँ खुसी र आनन्दित हुन्थ्यौँ । त्यस बेला गाउँमा स्कुल थिएन । स्कुल भएको गाउँमा पुग्न एक बिहानको बाटो थियो । तसर्थ हामीलाई स्कुल जाने टन्टा पनि थिएन र पाठ घोक्नु पनि पर्दैनथ्यो । साँच्चै हामी चराजस्तै स्वतन्त्र थियौँ । दिनभर खेलिरहन्थ्यौँ । दिनभर एउटा ठाउँबाट अर्को ठाउँमा दगुरिरहन्थ्यौँ । साथीहरुबीच निकै मेलमिलाप थियो । हामी एकअर्कालाई ज्यादै प्रेम गथ्र्यौँ । जब हामीलाई भोक लाग्थ्यो, दगुरेर घर जान्थ्यौँ । साँझ परेपछि गाउँको चौतारोमा जम्मा भएर कथा, परीकथा, उखान भनेर समय बिताउँथ्यौँ ।

जाडो मौसम छ भने चाँडै अध्याँरो हुन्थ्यो । हामी घरमा न्यानो खोज्दै फर्किन्थ्यौँ । गर्मीको समय अझ पूर्णचन्द्रमा भएको रात छ भने हामी मन्त्रमुग्ध बनेर कथा र परीकथामा डुब्थ्यौँ । हाम्रा निम्ति हाम्रो गाउँ नै एउटा ठूलो संसार हुन्थ्यो । हामी नयाँ कल्पनामा मनोरञ्जनको अथाह उचाइमा विचरण गरिरहन्थ्यौँ ।

रामलाल थारु, हाम्रो साथी कथा भन्न ज्यादै सिपालु थियो । मीठो स्वरमा लोकगीत गाउनेमा पनि ऊ नै सबभन्दा उम्दा थियो । उसैले हामीलाई सुनकेशरी नानी, तोतामैना, मधुमालतीको कथा, राजा हरिशचन्द्रको कथा सुनाएथ्यो ।

‘हाम्री हजुरआमाले भनेको कथा भन्छु है त,’ भनेर ऊ सधैँ नयाँ कथा भन्थ्यो । साथीहरुमाझ ऊ सबभन्दा लोकप्रिय थियो । सबैले उसलाई आदर गर्थे । म पनि उसलाई आफ्नो आदर्श ठान्थेँ ।
‘रामलाल आज कुन कथा सुनाउछौँ त ?’ सोध्थेँ ।
‘आज बरालिने पोइको तालिम,’ ऊ हाँस्दै भन्थ्यो ।
मुलुकमा प्रजातन्त्र आएको थियो । सँगै हाम्रो गाउँमा एउटा प्राथमिक विद्यालय पनि भित्रियो । सदरमुकामबाट एक जना शिक्षक गाउँ आए र उनले हाम्रै गोठनजिक खरको टहरो बनाएर पढाउन सुरू गरे ।

गाउँका बीस जना जति केटाकेटी त्यहाँँ पढ्न आउन थाले । म त आफ्नै घरनजिकै स्कुल खुलेकाले धेरै खुसी थिएँ । त्यहाँँ पढ्न जानेले हप्ताको एक माना चामल शिक्षकलाई बुझाउनु पथ्र्यो । शहरबाट आएका शिक्षकलाई कति तलब आउने हो, अनिश्चित थियो । त्यसैले हाम्रा हजुरबुबाले प्रतिविद्यार्थी हप्ताको एक माना चामल ल्याउनुपर्ने नियम बनाएका थिए । यसरी महिनाको दश पाथी चामल उठाएर शिक्षकलाई स्कुलमा टिकाउने उद्देश्य राखिएको थियो ।

स्कुल खुलेको पहिलो हप्ता रामलाल पढ्न आएको थियो तर दोस्रो हप्तापछि ऊ आएन । अरु केही केटाकेटी पनि आएनन् । केही समयमै थाहा भयो, जसले साताको एक माना चामल दिन सक्दैन ऊ पढ्न नआएको रहेछ । रामलाल र मेरा अरु साथीहरु स्कुलबाट टाढा भएपछि मलाइ धेरै दिनसम्म निकै नरमाइलो लाग्यो ।

पहिलो पटक मैले प्यारो साथी रामलाललाई मिस गरेँ । हामीलाई अलग तुल्याउने जन्तु प्रजातन्त्रपछिको त्यही स्कुल र शिक्षक थिए । त्यसपछि मलाइ पहिलो पटक अनुभव भयो, हामी साथीहरुमध्ये कोही धनी, कोही गरिब रहेछौँ । मचाहिँ धनीको छोरी र रामलाल थारु गरिबको छोरा ।

एक दिन रामलाल भेट्ने निर्णय गरेँ र उसको घरतिर लागेँ । स्कुल छुटेपछि म खाजा खाएर उसको घरमा पुग्दा ऊ आफ्नी आमालाई काम सघाइरहेको थियो ।
‘रामलाल, तिमी किन स्कुल नआएको ?’ सोधेँ ।
‘मलाइ त आउन मन छ । हामीसँग गुरूलाई बुझाउने चामल छैन,’ उसले मुख अँध्यारो पार्दै भन्यो ।
‘हामी आपैmँ त भोकभोकै छौँ, कसरी उसलाई पढाउन सक्नु ?’ रामलालकी आमाले भनिन् ।
त्यसपछि केही भन्न सकिनँ । मसित भन्न कुनै शब्द थिएन । उसकी आमाचाहिँ असाध्यै दुःखले चिच्याएकी थिइन् ।

मलाइ पछिसम्म उसकी आमाका शब्दहरुले लखेटिरहे । ‘तिमी धनी मानिसहरु हाम्रो दुःख बुझ्दैनौ । हामीसित जमीन छैन । यो घरबारसमेत हाम्रो आफ्नो होइन । अरुको काम गरेर ज्याला पाएपछि हाम्रो गुजारा चल्छ । महिनाको चार माना चामल हामी जस्ता गरिबले कसरी तिर्न सक्छौँ ?’
रामलालजस्तै अरु केही साथीको पनि त्यही हालत थियो । गाउँमा स्कुल खुलेपछि हामी साथीहरु दुई गुटमा बाँडियौँ । रामलालहरु हामीसँग अलग भए । पाँच वर्षसम्म गाउँमा पढेँ । त्यसपछि पढाइका निम्ति सदरमुकाम शहर गएँ । एक जना काका पहिलैदेखि सदरमुकाममै थिए । काकाको अभिभावकत्वमा पढाइ अघि बढाएँ । सदरमुकाम गाउँभन्दा धेरै फरक थियो । राम्रा घर, थरिथरीका पसल, पुलिस चौकी, सेनाको ब्यारेक, सिनेमा हलले त्यहाँँको रौनक अर्कै देखिन्थ्यो । त्यहाँँको स्कुल भवन पनि भव्य थियो । मेरो गाउँको तुलनामा त्यो ठाउँ अर्कै संसार थियो । गाउँमा पाँच कक्षासम्मका निम्ति एक अध्यापक थिए तर त्यहाँँ प्रधानाध्यापक, सहप्रधानअध्यापकलगायत थुप्रै शिक्षक थिए । अनौठो कुरा त शिक्षकको हुलमा महिला शिक्षक पनि थिइन् । यो मेरो निम्ति सुखद् आश्चर्यको विषय थियो । ती महिला शिक्षकलाई देखेर भविष्यमा आफू पनि सफल शिक्षक बन्ने सपना देख्न थालेकी थिएँ ।

नयाँ वातावरण र स्कुलअनुरुप मेरो भेषभूषामा पनि परिवर्तन आयो । सफा र सुन्दर कपडा लगाएर स्कुल जान थालेकी थिएँ । गाउँमा घाँघर लगाउँथेँ, पाइन्ट लगाउने भएकी थिएँ । यसरी चाँडै नै सदरमुकामको वातावरणमा मिसिएँ ।

बर्खे बिदामा घर जाँदा रामलाल भेटियो । बिहानको समय थियो । भैँसी फुकाएर आहालमा लैजान लागेको थियो उसले ।
मलाई नयाँ भेषभूषामा देखेर अचम्म मान्दै भन्यो, ‘राधा ! तिमी त परदेशी पो भइछ्यौ । पहिलेकी राधा खोइ त ?’

मुसुक्क हासेँ तर ऊचाहिँ तुरून्तै नीलोकालो भयो । उसले आफ्नो फोहोर र फाटेको कपडातिर हे¥यो र उपेक्षा भावले हेर्दै भैँसी डो¥याएर हिँडिहाल्यो । पाँच वर्षपछि पढ्न राजधानी जाने भएँ । राजधानी गएपछि फेरि अर्को पटक साथीहरु जिल्लामै छुटे । त्यसवर्ष दशैँमा घर आउँदा रामलाल निकै जवान भइसकेको देखेँ । छोरीमान्छे भएका कारण रामलाललाई भेटिनँ । आपैmँ पनि जवान युवती भइसकेकी थिएँ । एक दिन गाउँको नजिकैको रापती नदीमा नुहाउन जाँदा रामलाल बन्चरो बोकेर जङ्गलतिर गइरहेको देखेँ । उसले पनि देख्यो । तर हामीले केटाकेटीमा जस्तो स्वतन्त्र भावले शब्द साटासाट गर्न सकेनौँ । ऊ एकैछिनमा जंगलभित्र हरायो । पुरानो स्मृतिले रन्थनिएर सम्झिरहेँ । छट्पटिएँ । हामीबीच यो कस्तो अमानवीय दूरी ? साँझसम्म यही प्रश्नले रन्थनिएँ ।

दशैँ र तिहार मानेर फेरि राजधानी फर्किएँ । राजधानी गएपछि मेरो अरु बढी कायाकल्प भएको थियो । खानपान, लवाइ, सोचाइ र व्यवहार सबैमा । म आधुनिकतातर्फ लम्किएकी थिएँ ।
स्नातक तह उत्तीर्ण भएपछि गाउँ फर्किएँ । त्यसबेला मलुकमा पञ्चायती व्यवस्था थियो । हाम्रा हजुरबुवा बितिसकेका थिए र उनको ठाउँमा हाम्रो बुबाको हालिमुहाली चल्थ्यो । बुवा जिल्लामै नाम चलेका पञ्च नेता बनिसकेका थिए । बुवाकै अगुवाइमा हाम्रो गाउँमा माध्यमिक विद्यालय खुल्ने भयो । त्यहाँँ शिक्षक बन्न पाउने भएँ ।

गाउँमा पसल, भट्टी र हेयरकटिङ सैलुन पनि खुलिसकेका थिए । गाउँमा माध्यमिक विद्यालय खुलेपछि बाहिरबाट आउने शिक्षकका निम्ति डेरा दिन नयाँ घर बन्न थालेका थिए ।
कथा भनेर र गीत गाएर पढाउन सक्ने शिक्षक केटाकेटी माझ निकै लोकप्रिय गनिन्छ । आफ्नो पेशाको प्रारम्भिक दिनबाटै गीत, कथा र परीकथालाई महत्वपूर्ण ठाउँ दिएँ । जब विद्यार्थीलाई गीत र कथा सुनाउन थाल्थेँ । रामलाल आँखा अगाडि आउँथ्यो । रामलाल गरिब छ । अनपढ छ । उत्पीडित छ । यदि उसलाई पढ्ने मौका मिलेको हुन्थ्यो भने ऊ मेरो ठाउँमा उभिएको हुन्थ्यो । अझ भन्ने हो भने ऊ हाम्रा गाउँले साथीमध्ये सबैभन्दा प्रतिभाशाली थियो तर समय उसको पक्षमा थिएन । त्यसैले ऊ गोठालोमात्र बन्न सक्यो । गाउँको स्कुलमा पढाउन थालेपछि सधैँ रामलालबारे सोचिरहन्थेँ । समय–समयमा पश्चात्ताप पनि हुन्थ्यो । कहिलेकाहिँ आपैmँलाई हेरेर लजाउँथेँ र अपराधबोधले ग्रस्त हुन्थेँ ।

स्कुलमा शिक्षक भएर एक सत्र बिताएपछि विवाह भयो । पति त्यही स्कुलमा प्रधानाध्यापक थिए । उनको घर लमजुङमा पथ्र्यो । विवाहपछि उनीसँगै डेरामा बस्न थालेँ ।
त्यही समयमा हाम्रो गाउँमा प्रहरी चौकी पनि स्थापना भयो । एक दिन बिहानैको कुरा हो । एक जना गाउँलेले एउटा हल्ला बोकेर ल्यायो । डेरा गरेर बसेको घरको आँगनमा कपडा धुँदै थिएँ । उसले ठूलो स्वरले भन्यो, ‘रामलाललाई पुलिसले पक्डेछ नि ।’
‘के भन्नु भो ? को रामलाल ? किन पुलिसले पक्डेछ ?’ निस्सासिँदै सोधेँ ।

‘चोरीको केस रे ।’
त्यति भनेर ऊ हिँड्यो । लुगा धुन छाडेर पुलिसचौकीमा गएँ । उसलाई त्यहाँँ डोरीले पाता कसेर राखिएको रहेछ । त्यो देखेर मेरो मन भत्कियो ।
‘किन हवल्दार साप ? किन रामलाललाई पक्डेको ?’
‘यसले गए राति वडा नम्बर ७ को वडाध्यक्षको खेतबाट पाकेको धान चोरेछ । बिहान थाहा भो, ऊ धानको भारी बोकेर कुटाउन मिल जाँदै थियो । हामीले थाहा पाएपछि पक्डाउ परेको हो,’ वडाध्यक्ष पनि चौकीमा थियो ।
‘त्यसरी पाकिसकेको धान चोर्न पाइन्छ ? पहिले गाउँमा यस्तो थिएन । बूढी मरी भन्नुभन्दा पनि काल पल्केको चिन्ता ठूलो हो । यो घटनालाई त्यसै दबाउन चैँ पाइँदैन है हल्दार साप,’ वडाध्यक्ष कराइरहेको थियो ।

सुरूमा हवल्दारले रामलाललाई सदरमुकाम चलान गर्न खोज्यो । त्यहाँँ उपस्थितले वडाध्यक्षलाई एक पटकलाई माफी दिन अनुरोध गरेपछि वडाध्यक्ष राजी भयो ।
‘तपाईंहरु आपसमा मिल्नुहुन्छ भने मलाई आपत्ति छैन,’ हवल्दारले भन्यो ।
‘एक पटकलाई भै’गो तर दोहोरियो भनेचाहिँ राम्रो हुन्न । यसले मेरो क्षतिपूर्ति चाहिँ भर्नैपर्छ,’ वडाध्यक्षले भन्यो ।

‘मैले दिन सक्ने त यही धान मात्रै हो । मसँग अरु के छ र ?’ रामलालले अँध्यारो मुख पारेर भन्यो ।
‘त्यसो त कहाँ हुन्छ ? यहाँँ बोरामा दश पाथी धान होला तर तैँले खेतमा बिमाख पारेको हिसाब गर्दा दुई मुरी जति तैँले तिर्नुपर्छ ।’
अन्त्यमा अरु तीस पाथी धानको पैसा मैले तिरिदिन्छु भनेपछि रामलाललाई प्रहरीले रिहा ग¥यो । मैले रामलाललाई गरेको सहयोगको कुनै प्रतिक्रिया आएन । रिहा हुनासाथ उसले मलाई हेर्दा पनि नहेरी चौकीबाट बाहिर निस्क्यो । त्यसको भोलिपल्टबाट रामलाल गाउँमा देखिएन । त्यसपछि ऊ कहिल्यै पनि गाउँमा देखिएन । ऊ बेपत्ता भयो । कहाँ गयो ? म¥यो या बाँच्यो ? अहिलेसम्म कसैलाई थाहा छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।