पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन गृहमन्त्रालयको अनुरोध

काठमाडौं । बंगालको खाडीबाट सक्रिय भएको चक्रवर्ती ‘फानी’को असर नेपालमा पनि देखिन थालेपछि सरकारले पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन भनेको छ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना भएकोले आजदेखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

गृह मन्त्रालयले एक ट्वीट गर्दै जल तथा मौसम पूर्वानुमान महाशाखाको ट्वीटलाई रिट्वट गर्दै यस्तो सुचना जारी गरेको हो । साथै मन्त्रालयले पर्यटक र यात्रुहरुलाई सचेत रहन समेत अनुरोध गरेको छ ।

महाशाखा ले सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा रहेका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा रहन भनेको छ ।

हालसम्म ‘फानी’ नै नेपालमा आउने सम्भावना नभए पनि यसको प्रभावले नेपालका केही ठाउँमा हावाहुरीसहित ठूलो वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।