चट्याङ लागेर १ को मृत्यु

मकवानपुर । भारतबाट आएको शक्तिशाली चक्रपात ‘फानी’संगै परेको चट्याङ लागेर शुक्रबार मकवानपुरमा एकजनाको ज्यान गएको छ । चट्याङमा परि एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घरभित्रै बसिरहेकी फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् । ५२ वर्षीय मोक्तान जंगलमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर बेहोस भएको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।