काभ्रे । काभ्रे कोशीपारी मादन कुडारिबाट काठमाडौं जाँदै गरेको बस भुम्लु गाउँपालिका पौवामा दुर्घटना भएको छ । बा २ ख १३८३ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परि १५ जना यात्रु घाइते भएका छन । भिरालो सडकमा बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ शिशिर चौलागाई, बनेपा वडा नम्बर ९ की १३ वर्षीया साधना चौलागाई र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुकोट निवासी गाडी चालक ईश्वर कार्की, चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ की शर्मिला चौलागाइ, देवेन्द्र लामा र दावा लामा, मादनकुडारी निवासी ७६ वर्षीय जवान सिंह तामाङ, बनेपा नगरपालिका वडा नम्बर ९ की लिला गौतम, चौरीदेउरादी वडा नम्बर १ की सीता गौतम, त्वडा नं ९ की छेसुन लामा २ वर्षिय छोरी जेया लामा रहेका छन् ।
त्यस्तै चौरीदेउराली वडा नम्बर ४ का सुनिल लामा, भुम्लु गाउँपालिका वडा नम्बर ७ का शिवराज गिरी, बासु गिरी, चौरीदेराली गाउँपालिका वडा नम्बर ७ कै दुर्गादेवी चौलागाई, वडा नम्बर ५ की बालकुमारी गौतम र रमा चौलागाईँ, रेशमकुमारी बुडाथोकी, राम्चे निवासी अनिसा गौतम, निरु पहरी, मैया सार्की, कविता सार्की र सुशिला सार्की रहेको दोलालघाट प्रहरी चौकीका प्रहरी जवान बिदुर दंगालले जानकारी दिनुभयो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।