Logo मंसिर ११, २०७७ बिहीबार


वडाध्यक्षबाट कुटिए नेता

काठमाडाैं । संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडाध्यक्षबाट कुटिएका छन् । प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्।

प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान बजेटको विषयमा भनाभन हुँदा कुटाकुट भएको हो। गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो मन्दिर निर्माण गर्ने पक्षमा छन्।

उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर मन्दिर निर्माणको शीर्षकमा बजेट खर्चिने उल्लेख गराएको गाउँपालिका अध्यक्ष राउतले बताए। ‘स्थानीय सरकारको प्राथमिकताको आधारमा प्रदेश सरकारले बजेट कार्यान्वय गराउनु पर्छ,गाउँपालिका अध्यक्ष भन्छन्।

वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र स्थानीयबीच वडा कार्यालयमा गाउँमा सडक विस्तारको लागि छलफल चलिरहेको थियो। त्यसैबीच पुगेका फोरमका नेता महतोले प्रदेश सरकारको बजेटबारे कुरा झिकेका थिए।, समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।