भत्किँदै लमजुङ दरबार (फोटो फिचर)

सन्देश पौडेल

लमजुङ । तत्कालिन राजा यहोब्रम्ह शाहले राज्य सञ्चालन गरेको लमजुङ दरबार जीर्ण बन्दै गएको छ । ऐतिहासिक धरोहर लमजुङ दरबारको मर्मत नहुँदा र भएका संरचनासमेत अलपत्र हुँदा दरबारको रौनक हराउँदै गएको हो ।

विनाशकारी भूकम्पले लमजुङको गाउँशहरस्थित लमजुङ दरबारको भित्री भागहरु चर्किएका थिए । शाहकालिन राजाहरुको ऐतिहासिक लमजुङ दरबार निकै जोखिम अवस्थामा हुँदा पनि यसको उचित मर्मत र सम्भार हुन सकेको छैन । पुरातत्व विभागले दरबार हेरचाहका लागि कार्यालय स्थापना गरेतापनि कर्मचारी छैनन् ।

तीन वर्षअघि निर्माण शुरु गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयसँगै पुजारी निवास भवन अलपत्र छ । पुननिर्माण कार्यलाई निरन्तरता दिन पटक–पटक विभागलाई गुहार्दा समेत सुनुवाई नभएको स्थानीय बताउँछन् ।

दरबार पुननिर्माणका लागि पुरातत्व विभागले ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, प्रदेश सरकारले भवन निर्माणमा चासो नदिँदा भवन दिनप्रतिदिन जोखिम बन्दै गएको हाे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।