Nic

हामी कहाँ छौं ? हाम्रा चेलीहरु अफ्रिकाको डान्सबारमा नाङ्गै नाच्न बाध्य छन्

घनश्याम भुसाल
अफ्रिकाको डान्सबार नाङ्गै नाच्ने हाम्रो छोरीले नाच्दै गरेसम्म हामी समाजवादमा गएको मान्न सक्दैनाैँ ।

हामीले पानी जहाजको कुरा गर्छौँ, रेलको कुरा गर्छौँ तर मान्छेको कुनै छलफलका कुरा गर्दैनौँ । हामी चाडैँ यसमा छलफल गर्ने सकेनौं भने हामी फर्किनै नसकिने दलदलमा फस्छौं । हामीले भनेको कुरा ब्यबहारमा लागु गर्नुपर्छ ।

दुनियाभरका मानिसले हामीलाई आशाको नजरबाट हेरेका छन् । कम्युनिष्टको इतिहासमा हामीले अहिले प्राप्त गरेको बहुमतत र जनअभिमतलाई सदुपयोग गर्ने ठूलो अवसर छ ।

हामी कता र कुन ठाँउमा छौं चित्रण गर्नुपने अवस्था रहेको छ । हामीले प्राप्त गरेको जनअभिमतलाई सदुपयोग गर्न सकेनौं भने हामीलाई समाजवादले धिक्कार्ने छ । कम्यूनिष्ट पार्टीलाई जुन अभिमत प्राप्त भएको छ त्यो चान–चुने क्ुरा होइन । र यसको सदुपयोग गर्नु आजको आवश्यकता हो ।

पार्टी अहिले तस्कर, दलाल र पुँजीवादको चपेटमा फसेको छ । जसकारण सैद्वान्तिक समस्यामा परेको छ । गुट र उपगुटमा फस्नुको कारण पनि यहि हो । यसरी नै पार्टी अघि बढ्यो भने कम्युनिष्टले क्रान्ति र केही उपलब्धी बाँकी रहँदैन ।

क्रम्युनिष्ट पार्टी दलाल र पूजीँवादबाट निस्केर एउटा सैद्वान्तिक अवस्थामा जानु पर्ने आवश्यकता छ । तब मात्र कम्युनिष्टले लिएको समृद्व र समाजवादको नारा सफल हुनेछ ।

(कार्ल मार्क्सको २ सय १ औँ जन्मस्मृति कार्यक्रममा राख्नुभएको धारणाको सम्पादित अंश)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।