नाम बिनै प्रदेश राजधानीको प्रस्ताव दर्ता

विनु तिम्सिना
काठमाडौं ।प्रदेश नम्बर १ को प्रदेशसभामा राजधानी र नामको विषय प्रस्ताव गर्ने समयावधि आज सकिएको छ । समयावधि सकिसँगै आइतबार ४ वटा प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ । नामको विषयमा भने कुनै पनि दलले प्रस्ताव नै नहालेको सचिवालयको भनाइ छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दर्ता भएका प्रस्तावमध्ये २ वटामा धनकुटा र नेकपा संसदीय दलको तर्फबाट भने विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरिएको छ । नेपाली कांग्रेसले पनि विराटनगर नै राजधानी हुनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभामा दुई तिहाई मत रहेको नेकपाले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावको कैफियतमा कार्यपालिका, व्यवस्थापिकालगायतका अन्य संरचनाहरु, वृहत विराट क्षेत्र अन्तरर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ भन्ने उल्लेख छ । प्रस्तावकमा बुद्धिकुमार राजभण्डारी र समर्थकहरुमा लिलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा, यशोदा अधिकारी र सावित्रीकुमारी रेग्मी रहेका छन् ।

धनकुटा राजधानी बनाउनु पर्छ भन्दै प्रस्ताव पेश गर्ने निरन राई नेकपाका सांसद हुन् भने धनकुटालाई नै राजधानी माग गर्दै अर्को प्रस्ताव पेश गर्ने लिला सुब्बा संघीय समाजवादी फोरमकी सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…