प्रकाश सपुतको नयाँ गीत बजारमा, पहिलो दिनमै एक लाख भ्यूज

काठमाडौं । चर्चित युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ ।

प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । आशिष अविरलको संगीत संयोजन रहेको गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् ।

सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतको भिडियो एक लाख भन्दा बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । पहिलो दिनमै गीत रुचाइएपछि निर्माण टिम उत्साहित बनेको छ ।

बोल माया, दोहोरी ब्याटलजस्ता दर्जनौं गीतबाट आम जनताको मन जितेका सपुतले यस गीतलाई पनि दर्शकले मन पराउने विश्वास लिएका छन् ।

पानको मिसी, क्यारम मायालगायतका गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकको माया पाउनेमा पाउनेमा विश्वस्त रहेको बताईन् ।

भिडियोको सम्पादन विष्णु शर्मा र छायांकन राजेश घिमिरेले गरेका हुन् । भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…