झारफुक बहानामा बालिका बलात्कार

पुष्पराज अधिकारी

मकवानपुर । मनहरी गाउँपालिका ९ रजैयाको अग्निहोत्राश्रममा झारफुक गर्ने बाहनामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बाबालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही आश्रममा बस्दै आएका काठमाडौं २६ घर भएका ४३ वर्षीय सर्वग्य आचार्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सागरविक्रम राणाले बताउनुभयो ।

शारीरिकरुपमा अशक्त बालिकालाई गत बैशाख १९ गते झारफुकको बाहानामा बाबा भनिने आचार्यले बलात्कार गरेको खुलाशा भएको हो । पीडित बालिकाले आफू बलात्कृत भएकी बताएपछी परिवारले बाबाको विरुद्ध २० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उजुरीको आधारमा प्रहरिले सोही दिन बाबालाई आश्रमबाटै पक्राउ गरिएको प्रवक्ता राणाले बताउनुभयो । पक्राउ परेका आचार्यले रजैयामा रहेको आश्रममा केहिसमय देखि झारफुकको काम गर्ने गरेको बताइएको छ ।
हिरासतमा राखिएका आचार्यलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अगाडी बढाईएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…