Logo कार्तिक ९, २०७७ आइतबार


सवारी दुर्घटनामा ३ जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौं । मोरङ, पर्सा र काभ्रेमा भएका छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचा–८ सलकपुरस्थित राजमार्गमा को १ ख २१४२ नम्बरको बसले मे १० प ६२११ नम्बरको मोटरसाइकललाई आइतबार बेलुका ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाछट गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका–२ बस्ने २६ वर्षीय जीवन राईको बिराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको बीरगंज महानगरपालिका–१५ ब्रहम चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । ना ३८ प ९३३० नम्बरको मोटरसाइकललाई ना २३ प ८९९ नम्बरको मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका ना ३८ प ९३३० नम्बरको मोटरसाइकल चालक बारा गढिमाई गाउँपालिका ४ खुशीपात्रा बस्ने ५० वर्षीय दिलिप साहको नारायणी अञ्चल अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै मोटरसाइकल ना २३ प ८९९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, तेमाल गाउँपालिका–५ याङदेलस्थित सडकमा बा ५ ख ५३१८ नम्बरको निसान गाडीको ढोकाको लक खुस्की आइतबार साँझ एक युवकको ज्यान गएको छ । गाडीबाट खसेर गम्भीर घाइते भएका सोही गाउँपालिका–२ सर्सिङखर्क बस्ने २० वर्षीय सुनिल लामालाई स्थानीय हेल्थ पोष्ट हुँदै थप उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।