७० फीट गहिरो ज्वालामुखी खाल्डोमा खसे सैनिक

फाइल फोटो

काठमाडौं । ज्वालामुखीको दृष्य नजिकबाट हेर्न खोज्दा एक सैनिक जवान ७० फीट गहिरो खाल्डोमा खसेका छन् ।

होटल नजिकैको स्टिल रेलिङबाट दृष्य हेर्न खोज्दा खुट्टा फुत्कीएर सैनिक जवान ज्वालामुखी खाल्डोमा खसेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बुधबार ६ बजेर ३० मिनेट आसपासमा घटना घटेको थियो ।

घटना संयुक्त राज्य अमेरीकाको हो । हवाई पाहोवास्थित ‘किलौइया ज्वालामुखी’को दृष्य मजैले नियाल्न खोज्दा उनी खाल्डोमा खसेका थिए । ३०० फीट गहिरो ज्वालामुखी खाल्डोमा खेसेका जवान ७० फीट गहिराईँमा एक चट्टानमा अड्कीएका थिए । एक व्यक्तिले खाल्डोमा व्यक्ति खसे लगत्तै आकस्मिक उद्दार कक्षमा खवर गरेपछि एअरलिफ्टको माध्यमाबाट बचाइएको हो ।

ओआहुको स्कोफील्ड बराक्समा कार्यरत सैनिक जवान तालिमको शिलशिलामा बिग आइलेंडमा गएका थिए । सुरक्षा घेरालाई ध्यानमा नराखी दृष्य हेर्न बढि केन्द्रित हुँदा सैनिक जवान खाल्डोमा खसेको बताइएको छ ।

किलौइआ ज्वालामुखी हाल विस्फोट भएको छैन । तर सन २०१८ मा यहि ज्वालामुखीमा परि ७०० भन्दा बढी घरहरु नष्ट भएका थिए ।

(एजेन्सीको सहयोगमा)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…