धनुषा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको वर्तमान सरकार संघीयता विराधी रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको धनुषा पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहनुभएका निधिले संविधानले व्यवस्था गरे अनुसार प्रदेशलाई अधिकार दिन कुनै नीति सरकारले नबनाएको आरोप लगाउनुभएको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा नराखेको तथा उल्लेख भए अनुसार कानून नबनाएर संघीयता विरोध गरिरहेकाे बताउनुभयाे ।
नेता निधिले नेपाली कांग्रेस बाहेक संविधान संशाेधनको मुद्दामा कसैको रुची नरहेको बताउँदै भर्खरै गठन भएको सपा र मधेशबादी भन्दै आएको राजपालाई पनि संविधान संशाेधनप्रति खासै रुची नरहेको बताउनुभयो ।
भोलिदेखि कांग्रेसले देशभर जागरण अभियानको शुरु गर्ने बताउँदै निधिले कांगेसको नीति, सिद्धान्त तथा जनताँंग जोडिएका विषयलाई अभियानको रुपमा अगाडी बढाउने बताउनुभयो ।
सरकारले संघीयता विरोधी कार्य गरिरहेको र त्यसको जानकारी जनतामा पुर्याउने उदेश्यले नै जागरण अभियानको थालनी गरिएको निधिले बताउनुभयो ।
नेपाल प्रेस युनियनको आयोजनामा भएको कार्यक्रममा कांग्रेस धनुषाका सभापति महेशसंकर गिरी लगायत कांग्रेस सम्वद्ध केन्द्रीय तथा जिल्लाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
भोलीबाट शुरु हुने कांग्रेसको जागरण अभियानकाे उद्घाटन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल धनुषा जाने कार्यक्रम रहेकाे छ ।