‘राज्य संरचना रुपान्तरणमा राजनीतिक नेतृत्व ७० वर्षदेखि चुक्यो’

काठमाडाैं । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक नेतृत्वले राज्यका सबै संरचनाहरुलाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल बनाउन ७० वर्षदेखि चुकेको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै उहाँले प्राप्त राजनीतिक परिर्वतन र उपलब्धिलाई संस्थागत गरि जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुसार राज्यका संरचनालाई रुपान्तरण गर्ने सवालमा राजनीतिक नेतृत्व ७० बर्ष देखि नै चुक्दै आएको टिप्पणी गर्नुभएको हो । राजनीतिक परिर्वतन संगै राज्यसंरचनाहरुको शैलीलाई परिर्वतन गर्न नसक्दा पुरानै सोच र शैली हावी हुने खतरा पनि उत्तिकै रहेको भन्दै उहाँले त्यस तर्फ नेतृत्व गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिन प्रतिदिन परिर्वतन डाइल्युट हुदै जाने खतरा छ, राज्य संरचनाका अन्य अवयभहरुले राजनीतिक नेतृत्वको प्रवृतिलाई भुत्ते बनाउन सक्ने र पुरानै सोच र शैली हावी हुने खतरा हुने त होइन, यो प्रश्न अब हल भईसक्यो अब केहीपनि हुन सक्दैन भन्ने अवस्था अझै पनि छैन ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा सरकारले परिर्वतन अनुसारको संरचना नया विकास गर्ने , कर्मचारी समायोजन तथा कार्यशैलीगत समस्याका कयौ जटिलताहरु सामना गर्नुपरेको बताउनुभयो । राजनीतिक परिर्वतन संगै मुलुकका अन्य संरचनाको कार्यशैली पनि विस्तारै परिर्वतन र सुदृढ हुदै जान्छ र यसले जनतालाई विकास र नयाँ जीवनको बाटोमा लैजान्छ भन्ने विश्वास बढाउँदै लगेको छ वा घटाउँदै लगेको छ भन्ने अझै टुंगो नलागिसकेको भन्दै उहाँले जनताको विश्वासलाई जित्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । ‘आफ्ना अगाडिका लक्षय पुरा गर्न हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्प नेतृत्वले र जनप्रतिनिधिहरुले नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ ।’ उहाँले भन्नुभयो ‘आज नभए भोली, भोली नभए पर्सि खतरा आउन सक्छ, त्यसकारण पनि लक्ष्य निर्धारण गर्दा यो विषयमा ध्यान दिनु जरुरी छ ।’

आफ्नो नेतृत्वको एक बर्षमा सम्मृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि गरेका प्रयास र संविधान कार्यान्वयनका लागि आवश्यक ऐन समयमै बनाएकोमा उहाँले सरकारलाई धन्यवाद दिनुभयो । यो अवधिमा सरकारले परराष्ट्र सम्बन्ध सुदृढ बनाएको दाबी गर्नुभयो । शान्ति प्रक्रियाका केही काम अझै पनि बाँकी नै रहेको भन्दै संविधानको मर्म र भावना अनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको भए पनि टुंगो भनि नलागिसकेकाले जनताले संघीय लोकतान्त्रिक गणतन्त्रबाट गरेको अपेक्षालाई सकारात्मक ढंगले सम्बोधन गर्ने प्रक्रिया सुरु मात्रै भएकाले सबै राजनीतिक शक्तिहरु अझै पनि एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले मुख्य आधार कृषि र भूमिलाई नबनाएसम्म व्यवहारमा सम्मृद्धि हासिल गर्न नसकिने भएकाले भू–उपयोग र बैज्ञानिक भूमिसुधार अघि बढाउने, कृषिमा युवालाई आकर्षित गर्ने, कृषिमा आधारित उद्योग विकासलाई प्राथमिकता दिने सरकारको नीति तथा कार्यक्रम विकासको सन्र्दभमा नेपालको धरातल संग मिल्दो भएको टिप्पणी गर्नुभयो ।

कनेक्टिभिटी मार्फत नै मुलुकको विकास संभव हुने भन्दै उहाँले सडक निर्माण, सुरुङमार्ग निर्माण, हवाईमार्ग तथा रेलमार्ग निर्माणका विषय सपना र कल्पना मात्रै नभई यथार्थ बनेर आउँदै गरेकाले अब मुलुक विकासको गतिमा अघि बढ्ने दाबी गुर्नभयो ।

सत्तापक्षले राम्रा कार्यक्रम र नीति ल्याएपनि प्रतिपक्षीले विरोध गर्नुपर्ने र प्रतिपक्षीको सुझावलाई सत्तापक्षले पनि स्वीकार नगर्ने बाध्यताले समाजमा नकारात्मक दृष्टिकोणलाई प्रश्रय दिनेतर्फ दुवै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । यद्यपि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सरकारको तयारी र प्रतिपक्षीको प्रतिवाद गर्ने तयारी गत बर्षको तुलनामा व्यवस्थित भएको आफुले पाएको भन्दै उहाँले सरकारलाई र प्रतिपक्षी दलका सांसदहरुलाई धन्यवाद दिनुभयो ।

उहाँले नीति तथा कार्यक्रममाथि प्रतिपक्षीबाट आएका आलोचनात्मक भनाईलाई सकारात्मक चुनौतिको रुपमा लिएर जिम्मेवार ढंगले सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…