लागू औषधसहित दुई पक्राउ

नारायण थापा
भक्तपुर । प्रहरीले लागू औषधसहित दुईलाई पक्राउ गरेको छ ।
साँगाबाट भक्तपुरतर्फ आइरहको बा ४१ प ३१५५ नम्बरको मोटरसाइकललाई प्रहरीले चेक गर्ने क्रममा सुर्यविनायक नगरपालिका, जगातीमा लागू औषधसहित दुईलाई पक्राउ गरेको हो ।
प्रहरीले चेकिङ गर्ने जानकारी पाएपछि मोटरसाइकलबाट ओर्लिएर भाग्ने क्रममा २४ वर्षीय राजेश राईलाई उनले बोकेको लागू औषधको झोलासहित प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकल चालक २६ वर्षीय मदन राई भने फरार भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ब्यक्तिको साथमा लुपिजेसिक ९८ पिस, एभिल सय पिस, फेनरागन सय पिस, डाईजेपाम ७२ पिस तथा नाम नखुलेको २६ पसिसहित ३ सय ९६ पिस लागू औषध पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रेबतीरमण पोखरेलले जानकारी दिनुभयो ।
अभियुक्तलाई लागु औषध तथा नियन्त्रित औषधी सम्बन्धी अपराध कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पोखरेलको भनाइ छ ।