Logo कार्तिक ९, २०७७ आइतबार


सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

मंगलबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नम्बरको ट्रकमा स६प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।

यस्तै, तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु३प ५००१ नम्बरको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।