काठमाडौं । पछिल्लो समय महिलामाथि हुने घरेलु हिंसामा तुलनात्मक रुपमा कमी भएता पनि समाजमा दिन प्रतिदिन बढिरहेको छ । यस्तै एक घटना भारतको राजस्थानको अलवरमा यस्तो जघन्य अपराध भएको हो ।
राजस्थानमा पतिको सामुन्ने पत्नीको सामुहिक बलात्कार भएको घटना बाहिरिएको छ । उनको २६ अप्रिलको दिउँसो ३ बजे बलात्कार भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।
पीडित महिलाले अपराधीहरुलाई फासीको सजाय हुनुपर्ने माग गरेकी छन् । उनले भनिन्, ‘उनीहरुले मेरो घाँटीमा हात हालेर घिसारे, हामीलाई कुटे र कपडा पनि च्यातिदिए, र त्यसपछि….’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भयो र उनी बोल्न सकिनन् । अन्तिममा उनले आफूमाथि अत्याचार गर्नेहरुलाई फासीको सजाय सुनाइनुपर्ने माग गरिन् ।
घटनाको क्रममा दुई पुरुषले पतिलाई पिटेको र बाँकी तीन जनाले आफूलाई बलात्कार गरेको पीडित युवतीको भनाइ छ । बाँकी दुईले पनि पछि पालैपालो बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ ।
राजस्थान प्रहरीका महानिर्देशक कपिल गर्गले २६ अप्रिलमा भएको बलात्कार घटनाका पाँच आरोपीहरु मध्ये तीनजनालाई पक्राउ गरेको मंगलबार जानकारी दिनुभयो । आरोपीहरुले बलात्कारको दौरान भिडियो बनाएर त्यसलाई भाइरल बनाएका छन् । आरोपी पाँच युवकहरुले प्रहरीलार्य खबर गरे मार्ने धम्की दिएको पीडितहरुको भनाइ छ ।
बलात्कारमा संलग्न नेताजस्तो व्यवहार देखाउने युवकले पत्नीलाई दुईपटक बलात्कार गरेको पतिलाई उद्धृत गर्दै प्रहरीले बताएका छन् । प्रहरीले आरोपीहरुलाई पक्राउ गर्नको लागि १४ टोली खटाइसकेको छ । पीडित पति–पत्नी ललवाडी गाउँबाट तालवृक्ष गइरहेका प्रहरीले जनाएको छ ।