काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा चेन्नाई सुपरकिंग्स पराजित भयो । चेन्नाईलाई मुम्बई इंडियन्सले ६ विकेटले हरायो ।
खेलको दौरान एउटा यस्तो समय आयो जहाँ चेन्नाई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनी रिसले चुर भए । घरेलु मैदानमा मंगलबार चेन्नाईले पहिले ब्याटिङ गरेर जम्मा १ सय ३१ रन मात्र बनाउन सकियो । जवाफमा मुम्बईले ९ बल बाँकी छँदै लक्ष्य भेट्टयो ।
खेलको पाँचौैँ ओभरमा मुरली विजयले दीपक चहरको बलमा सुर्यकुमार यादवलाई आउट गर्नसक्ने एकदमै सजिलो क्याच छोडेका थिए । त्यो मुम्बईका सुर्यकुमार यादव जम्मा ११ रन बनाएर खेलिरहेका थिए ।
४ ओभरमा मुम्बईको स्कोर २ विकेटको क्षतिमा २२ रन थियो । चेन्नाईसँग तेश्रो विकेट लिने राम्रो मौका थियो । सुर्यकुमार यादवले स्पिन बलर विरुद्ध एकदमै राम्रो खेल्छन् र मुरली विजयले उनकै क्याच छोडिदिए । त्यसपछि कप्तान महेन्द्रसिंह धोनीको रिस हेर्न लायक थियो ।
क्याच छोडेपछि सुर्यकुमार यादवले अरु ६० रन बनाएर ७१ रन नटआउट खेले, जसले मुम्बईलाई फानइलमा पुर्यायो । मुम्बईलाई जित दिलाएका सुर्यकुमार यादवले म्यान अफ द म्याचको अवार्ड पाए ।
हारपछि पनि फाइनल पुुग्ने चेन्नाईको सम्भावना भने अझै बाँकी छ । अब बुधबार बेलुका हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीचको विजेतासँगको खेल जितेमा चेन्नाई फाइनल पुग्न सक्छ ।
योभन्दा पहिला पनि राजस्थान रोयल्स विरुद्ध जयपुरमा भएको खेलमा पनि चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी रिसले चुर भएका थिए । त्यो समयमा उनी अम्पाएरविरुद्ध बोल्दै बीच मैदानमा पुगेका थिए । जसको सजायस्वरुप उनलाई म्याच फिसको २० प्रतिशत रकम कट्टा गरिएको थियो ।