Nic

संघीयताको के कुरा गर्नु ?

पहिले पहिले डिभाईड एण्ड रुलले सयौं वर्ष काम गर्यो । अहिले नागरिक अलि सचेत बन्दै गए । लोकतान्त्रिक मुल्य मान्यताको अलि अलि भएपनि अभ्यास हुन थाल्यो । अनि सदाशक्ति समुह चलमलाउन थाल्यो नयाँ फर्मुला शुरु भयो डाईभर्ट एण्ड रुल । त्यसको पछिल्लो उदाहरण बनेको छ प्रदेश नम्बर १ को राजधानी नामाकरण प्रकरण ।

खासमा यतिबेला व्यापक बहस, चर्चा, परिचर्चा र नागरिक दबाव नामाकरणमा हुनुपर्ने हो । कारण संघीयतामा संघीय राज्यको नामाकरणको ऐतिहासिक र सामरिक महत्व छ । यो सिंगो मुलुककै चासो र तर्कनाको विषय हो । पहिचान र आत्म सम्मानको विषय हो, नकि प्रदेश नम्बर १ को हकमा १६ जिल्लाबासीको मात्रै।


प्रकाशचन्द्र परियार

तर दुखद पक्ष के छ भने, सबैभन्दा बढी मोरङ, सुनसरी र धनकुटाले लिएको प्राविधिक अग्रता अर्थात प्रादेशिक राजधानीले नै चर्को बजार तताईरहेको छ । स्थानीय तहको अभ्याससँगै प्रादेशिक राजधानीको जनस्तरमा ठुलो महत्व रहन्न अर्थात दैनन्दिन काम पर्ने सवाल नभए पछि आम चासो कम, नेता अगुवा, व्यापारी चासो वढी हो ।

अहिले नामाकरणको विषयमा जुन हिसावले चर्चा परिचर्चा, मत अभिमत र निर्मम वहस हुनु पर्ने हो त्यसलाई चटक्कै अल्झाएर, झुलाएर घुमाएर अर्थात डाईभर्ट गरेर अलि वढी प्राविधिक लाग्ने मुख्यालयको विषयमा वन्द हडताल सम्मै हुनु यसैको परिणाम हो ठाडो भन्दा ।

आवश्यकता, तथ्य, मर्म, आधार र जनमतभन्दा भागशान्ति जय नेपालको अभ्यासमा रहेका परम्परागत दलहरुले नाम एउटा, भवन अर्को ठाँउमा राखेर ‘विन विन सिचुएशन’ मा रमाउँदै मख्ख भएपछि गण्डकी हुँदा कोशी किन नहुने भन्ने मत भिन्नतामा रमाउनु पर्ने अवस्था सृजना गर्दैछन् ।

प्रदेश नम्बर १ को नाम कोशी जस्तो झुर केही हुन सक्दैन विराटनगरको पनि सबै कोणवाट प्रभावकारी विकल्प हुँदाहुदै दक्षिण, दक्षिणा र दलालीको त्रिकोणात्मक दवाब, सत्ता र प्रतिपक्ष दुवैलाई दर्हो छ । जसलाई माईक्रोस्कोप नलगार्इ राम्ररी देखिंदैन ।

हुन त संघीयता नै चाहिँदैन । यो विदेशीको दबावमा लादिएको हो धान्नै सकिन्न भन्ने मत पनि अहिले बजारमा नभएको होईन । तर संघीयतालाई राजकीय सम्पत्ति बनाउने कि राजनीतिक एजेण्डा भन्ने वहस भुँईतहमै छताछुल्ल भईसकेको छैन । किनकी गणतन्त्रमा राजतन्त्रको बहस त टल्पलाईरहेको छ भने गण्डकी, मेची, कोशीवाला संघीयताको के कुरा गर्नु ?

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।